arrow

फिदिम नगरपालिकाको छैठौ नगर सभा सम्पन्न

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ फागुन ६ मंगलबार
Phidim_Nagarpalika.png

पाँचथर । फिदिम नगरपालिकाकाको छैठौ नगर सभा आज सम्पन्न भएको छ । नगर सभाको उद्घाटन गर्दे सपफलतापूर्वक नगर सभा सम्पन्न गर्न शुभकामना दिए । यस्तै उनले प्रदेश सरकारले ५ वर्ष भित्र पाँचथर जिल्लामा मात्रै ५ सय किलोमिटर कालोपत्रे गर्ने उद्धेश्य रहेको बताए ।

 यस्तै पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाको केन्द्र ऐतिहासिक,पर्यटिकय तथा धार्मिक स्थल लब्रेकुटी सिलौटी पूर्वाधार विकाश तथा प्रचार प्रसारका लागि प्रदेश सरकार लागेको बताए । उनले नगरले पनि आवद्यिक तथा गुरु योजना बनाएर अघि वढ्न सुझाव दिए ।

नगर प्रमुख ओनाहाङ नेम्बाङले नगर अहिले पनि विनापूर्वाग्रह नगरको सवै वडाको समुचित विकाश होस् भन्ने चाहेर काम गरिरहेको बताए । अव नगरले गुरुयोजना तथा आवद्यिक योजना बनाएर अघि वढ्ने उनको भनाई छ ।

सपप्रदेश सांसद आशा रत्न जवेगुले उक्त नगर सभामा नगर उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले चालु आर्थिक वर्ष ०७६÷०७७ को आयब्ययको संशोधित अनुमान बजेट प्रस्तुत गरेका थिए ।

चालु आ.व.मा कुल आम्दानी २९ करोड ६३ लाख ८६ हजार हुने अनुमान गरिएकोमा शंशोधित अनुमान ३४ करोड ९८ लाख ४३ हजार ६३ रुपैया पुगेको छ ।

विगतको वर्षमा प्राप्त हुनुपर्ने अनुदान तथा राजश्व बाँडफाँडको रकम चालु आर्थिक वर्षमा प्राप्त भएको र कतिपय योजनाहरु समयमा सम्पन्न हुँन नसकी बचत हुन गएकोले यो चालु आर्थिक वर्षको आम्दानीमा वृद्धि हुन गएको नगरपालिकाले जनाएको छ । चालु खर्चमा ३१ प्रतिशत र पूजिँगत खर्चको करिव २१ प्रतिशत प्रगति भएको देखिन्छ । उद्घाटन सत्रमा जिल्ला समन्वय समिती पाँचथरका प्रमुख विष्णु प्रसाद सापकोटा (बिमल), प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती,नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारी,नेपाली काग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगु,राप्रपा जिल्ला अध्यक्ष जगत थापा मगर,उद्योग वाणिज्य संघ पाँचथर अध्यक्ष दिपक नेपाल,गैसस महासंघ पाँचथर अध्यक्ष नन्द नेम्बाङ,नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष लवदेव ढुंगाना लगायतले मनतब्य ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रमका वीचमा पत्रकारितको क्षेत्रबाट नगरलाई योगदान गराएबापत्त पत्रकार तथा पाँचथर एफ.एम.का अध्यक्ष कविन्द्र शेर्मा लाई,उत्कृष्ट कार्य गर्ने नगरपालिकाका कर्मचारीको तर्फबाट इन्जिनियर प्रेम काफ्ले,योजना प्रमुख इन्दिरा दाहाललाई जनही १० हजार रुपैया र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ