arrow

भारतले शिक्षामा अनुदान दिएको भूकम्पपछिको पुनर्निर्माण परियोजनामा कार्यान्वयन कार्यशाला

logo
प्रकाशित २०७६ फागुन ६ मंगलबार
86936410_498174880735838_39.jpg

काठमाडौं । भारतको रुड्कीस्थित केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपालमा भूकम्प पश्चात विद्यालय एवम् अन्य शैक्षिक संरचनाको पुनर्निर्माण सम्बन्धमा मंगलबार काठमाडौंमा एक कार्यशालाको आयोजना गरेको छ । 

नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सँग सहकार्य गरी यो कार्यशालाको आयोजना गरिएको हो । 

कार्यशालामा नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का अधिकारीहरु, ठेकेदारहरु, साइट इन्जिनियरहरु लगायत सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 

निर्माणमा उत्कृष्ट गुणस्तरता प्राप्त गर्नका लागि परियोजना कार्यान्वयन निर्देशन, उत्तम निर्माण अभ्यास, अनुगमन तथा रिर्पोटिङ्ग जस्ता पक्षहरु समेट्दै परियोजनाको प्रभावकारी कार्यान्वयनका निमिक्त मार्ग प्रशस्त गर्न सो कार्यशालाको आयोजना गरिएको थियो । 

परियोजनाका पूर्व निर्माण, निर्माण र निर्माणपश्चातका सबै चरणहरुमा सुरुदेखि अन्तिमसम्म निर्माण व्यवस्थापनमा उत्कृष्ट अभ्यास प्रदान गर्ने कार्यशालाको उद्देश्य रहेको थियो । 

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक चूडामणि पौडेल, उप–आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठ, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवम् भारतीय राजदूतावासका वरिष्ठ अधिकारीकोे सो कार्यक्रममा उपस्थिति थियो । 

भारत सरकारले शिक्षा क्षेत्रमा भूकम्प पश्चातको सहायता अनुरुप ७० वटा विद्यालय तथा एक पुस्तकालयको पुनर्निर्माणमा सहयोग पुर्याइरहेको छ । 

केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले नेपालका सात जिल्लाहरु (गोरखा, नुवाकोट, धादिङ्ग, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक) मा ७० वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण गर्न डिजाइन निरीक्षण तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गरिरहेको छ । 

वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद अन्तर्गत रहेको केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्की एक प्रमुख राष्ट्रिय प्रयोगशाला हुनुका साथै आवास योजना, निर्माण सामग्री, संरचना, जग निर्माण तथा विपद न्युनिकरण जस्ता क्षेत्रमा अनुसन्धान गर्ने एक शीर्षस्थ संस्था रहेको भारतीय दूतावासले विज्ञप्ति जारी गरी जनाएको छ । 

विपद–उत्थानशील पुनर्निर्माणमा नेपाल सरकारको नीति निर्देशन अनुसार शैक्षिक संरचनाहरुको पुनर्निर्माण र प्रवलीकरणका लागि यस केन्द्रीय भवन अनुसन्धान संस्थानले नेपाल सरकार शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईसँग काम गरिरहेको दूतावासले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ