arrow

भूकम्पले हल्लाएपछि भागदौड, क्षतिको विवरण आउन बाँकी 

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
earthquake2.jpg

मार्तडी । बाजुरामा बुधबार राति चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । 

उनले  भूकम्पले क्षति पुर्याएको छ, छैन खबर गर्न मातहतलाई  निर्देशन दिएकोे बताए । 

भूकम्पछि केही भागदौड भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ