arrow

लिपुलेकमा दीप प्रज्ज्वलन

logo
युबराज रेग्मी, 
प्रकाशित २०७६ फागुन ८ बिहिबार
deep-prajwalan.jpg

झापा । झापा जिल्लाको गौरादहमा ७० औं  प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघले दीप प्रज्ज्वलन कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।  

७०औं प्रजातन्त्र दिवसको अबसर पारेर सन्ध्याकालिन समयमा गौरादहको डिपुचोकमा कोणसभा आयोजना गरि नेपाल विद्यार्थी संघले  नेपालको तस्बिर अङ्कित  मानचित्र बनाइ  दीप प्रज्ज्वलन गरेको हो । 

दीप प्रज्ज्वलनमा नेपालका सम्पुर्ण भुभागहरु समेटिएको प्रतिमा तयार पारी  विद्यार्थीहरुले दीप प्रज्जवलन गरेका हुन । 

विशेषगरी विद्यार्थीले भारत सरकारले आफ्नो भूभाग भनी दाबी गर्दै आएको लिपुलेकलाई तस्बिरमा समेटी उक्त स्थानलाई उच्च प्राथमिकतामा राखी दीप प्रज्ज्वलन गरेका हुन् ।

कार्यक्रममा लिपुलेकमा आफ्नै हातले दीप प्रज्ज्वलन गर्न पाउँदा अधिकांश विद्यार्थी हर्षित र आनन्दित देखिन्थे । सार्बभौमिकताको रचनात्मक रक्षा गर्ने विद्यार्थीको यस कार्यक्रम ट्राफिक आवगमनका बाबजुद मुख्य चोकमा आयोजित गरिएता पनि कार्यक्रमलाई  सहजता प्रदान गर्न गौरादह नगर ट्राफिक प्रहरी इन्चार्ज नारायण भट्टराई तथा इलाका प्रहरी प्रमुख बिनोद श्रेस्ठ सहितको प्रहरी टोलिले कार्यक्रमको हार्दिक स्वागत गर्दै ट्राफिक आवागमनलाई सहजता प्रदान गराएका थिए ।     

कोण सभा कार्यक्रममा आफ्ना  विचार राख्दै नेपाली काङ्ग्रेस नेता अनिलकृष्ण प्रसाइ तथा युवा विद्यार्थी नेता महेन्द्र भट्टराईले नेपालीहरुले प्रजातन्त्र प्राप्तिका लागि अर्पेको बलिदानी र नेपालको प्रजातान्त्रिक आन्दोलन र उपलब्धीका विषयमा समीक्षा मन्तब्य राखेका थिए ।

नेपाल विद्यार्थी संघ, गौरादह बहुमुखी क्याम्पस एकाइ समिती , गौरादह कृषि क्याम्पस एकाइ समिती तथा नेबिसंघ , नेपाल महिला संघ , नेपाल शिक्षक संघ , लगायतका नेपाली काङ्ग्रेससँग आबद्ध भ्रातृ तथा सुभेच्छुक सस्थाका पदाधिकाकारीहरु दिप प्रज्ज्वलन कार्यक्रममा उपस्थित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ