arrow

मन बहादुर भन्छन : 'मेरो छोराको लासमा राजनीति नगरिदिनुस'

logo
धनु भुसाल,
प्रकाशित २०७६ फागुन १० शनिबार
manbahadur-nawapur.jpg

नवलपुर। हुप्सेकोट गाउँपालिकामा माघ ७ गते गाउँपालिकाको ग १ ज ३८०९ नम्बरको जीपले ठक्कर दिदा बालकको मृत्यु भएको घटनालाई राजनीतिकरण गरिएको पीडितले बताएका छन्। गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ललाई घरमा छोडेर फर्कने क्रममा जीप दुर्घटनामा परेको थियो। सवारी दुर्घटनामा परी ४ वर्षिय दिप गाहा मगरको मृत्यु भएको थियो भने अन्य ३ जना घाईते भएका थिए।

मृतक मगरको वुवा मन बहादुर गाहा वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा थिए। छोराको मृत्युको खबर पाएको हप्ता दिनमा उनी घर फिरे तर श्रीमती संग दुख साट्न भने पाएका छैनन। मन बहादुरले भने छोरा गुमाउनुको पीडा व्यहोरिरहे पनि तर यो दुखमा आफन्त र स्थानीयले सहयोग गर्नुपर्ने अवस्थामा राजनीति गरेका छन्।

आफुले भोलि पल्ट मात्र घटनाको बारेमा जानकारी पाएको बताएका उनले आफुले काम गर्ने कम्पनीबाट २० दिनको छुट्टि लिएर घर आएको बताए। छोरोको मृत्युपछि घर आएका मन बहादुरले अहिलेसम्म श्रीमती मिना गाहासंग बसेर कुरा गर्न नपाएको गुनासो गरेका छन्। छोरा दुर्घटनामा परेको ठाउँमा जान मन लागेन मन बहादुरले भने “श्रीमतीलाई कावासोती आउ संगै बसौ हाम्रो घरको कुरा हामी मिलेर अगाडि बढौ भन्दा मानिनन्, अहिले उनी दिदिको घरमा हुप्सेकोटको बेलुवामा बस्छिन्। फोनमा कुरा हुन्छ कहिलेकाहि तर राम्रोसंग कुरा हुन पाएको छैन। कहिले दिदि त कहिले को आफन्तहरुले फोनमा कुरा गर्दैगर्दा थुतेर बोलिदिने, पछाडिबाट बोल्न सिकाएका कुरा मात्रै बोल्ने त कहिले कुरा गर्नै दिनुहुन्न। ”

रुचाङ नगरडाँडाका स्थायी बासिन्दा गाहाकी श्रीमती छोरालाई पढाउन हुप्सेकोट ४ मा कोठा भाडामा बस्दै आएका थिईन्। घटना घट्यो अब मेरो छोरा फर्किएर आउदैन म मेरो छोराको लास जलाउन नपाउने कस्तो राजनीति हो यो बुझ्नै सकेको छैन मृतक बालकका पिताले दुखेसो पोखे। उनले भने चालक फरार छ, प्रहरीमा जाहेरी दिएको छ अब दोषिलाई खोज्ने र कारवाही गर्ने प्रहरी प्रशासनले हो मैले छोराको लास माथिको राजनीति सहन सकिन श्रीमतीलाई दाहसंस्कार गर्नुपर्छ आउ भने तर आईनन्। मैले आफन्तहरुको सहयोगमा १८ औं दिनको दिनमा दाहसंस्कार गरे । काजकिरिया पनि गरे । छोरोको लास कुहिएको देख्न सकिन त्यसैले श्रीमतीले नमान्दा पनि दाहसस्कार गरेको हुँ मन बहादुरले बताए।

उता बालककी आमा मिनाले भने दोषीलाई कारवाहि नभएसम्म बालकको दाहसस्कार नगर्ने भनेको श्रीमानले नमानेर गरेको बताईन । उनले भनिन“विदेशमा छोराको मृत्यु भएको खबर पाउदा सान्तवना दिदै नआत्तिउ म आउछु दोषिलाई कारवाहि गरौला भन्नुभएको श्रीमान नेपाल आएसी सल्लाह गरौ हामी श्रीमान श्रीमती मिल्नुपर्छ मात्रै भन्नुहुन्छ ।” आफ्नै काखमा हेर्दाहेर्दै छोराको मृत्यु देखेको छु, जसको लापरवाहिले गर्दा छोरा गुमाए, त्यो मान्छेलाई कारवाहि नभएसम्म मलाई शान्ति मिल्दैन अब म के कुरामा मिल्नु उनले भनिन् ।  

मृतक बालकका हजुरबुबा रुद्र बहादुर गाहले आफूहरु पीडित रहेको भन्दै हाम्रो दुखमा राजनीति नगर्न आग्रह गरेका छन । नहुने घटना घट्यो अब दोषिलाई कारवाहि हुनपर्छ । हामीले पाउने क्षतीपूर्ती पाउनुपर्छ तर हाम्रो पिडालाई राजनीतिक रुपमा लैजादा घाउँमा नुन छर्किने काम भएको छ । हजुरवुवाले भने, 'छोरा विदेशबाट आयो हामी सबै मिलेर नातीको पोष्टर्माटम गरेर दाहसस्कार गर्‍यौ तर बुहारी आईनन् दुःख लागेको छ ।' 

अहिले आएर स्थानीय आफन्तले मेरि बुहारिलाई छोरासंग समेत भेट गर्न दिएका छैनन् उनले भने, 'छलफलको लागि जिल्ला प्रशासन कार्यालयमा जादा भेट भएको थियो एकआपसमा बसेर कुरा गर्नै पाएनन्।' 

मन बहादुर र मिनाको ५ वर्ष अघि प्रेम विवाह भएको थियो । मन बहादुर भने वैदेशिक रोजगारीका क्रममा मलेसिया बस्दै आएका थिए । यता श्रीमतीसंग भेटेर मन भरिका दुख साट्न नपाएका मन बहादुरलाई उता मलेसियामा आफुले काम गर्ने कम्पनीका सुपरभाईजरले श्रीमतीले भनेको मान्नु नभए मलाई दाई भन्नु पर्दैन भन्ने जस्ता अनेक कुराहरुमा फोन गरेर कहिले धम्की दिने त कहिले दवाद दिने गरेको उनले बताए। 

उता गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले घटना आफु गाउंपालिका नभएको समयमा घटेको भएपनि ‘प्रमुख’ भएको कारण घटना घटाउनेलाई कार्बाही र पीडितलाई राहतको व्यवस्थागर्न आफु तयार रहेको बताएकी छन्। गाउँपालिकाले भने माघ २४ गते कार्यपालिकाको वैठक वसी दोषीलाई कारवाहि गर्ने प्रक्रियामा सहयोग गर्ने, मृतकका परिवारलाई राहत प्रदान गर्ने तथा घाईतेको उपचार खर्च दोषीले क्षतीपूर्ती व्यहोर्ने र मृतक बालककी आमालाई योग्यता अनुसार जागिर दिने निर्णय गरेको छ । पाण्डेले भनिन् “ दोषीले उन्मुक्ति पाउनु हुँदैन । दोषीलाई कारबाही गरिनुपर्छ । प्रहरी प्रशासनलाई दोषीको सम्पूर्ण विवरण जानकारी गराएर खोज्न सहयोग गर्ने काम समेत गाउँपालिकाले गरिरहेको छ। तर बिभिन्न सञ्चार माध्यमले  घटनालाई अतिरन्जित गरेकोमा दुख लागेको छ। ” 

“कानुन भन्दा बाहिर रहेर कसैले पनि काम गर्न सक्दिन, मैले कार्यपालिका वैठकबाट निर्णय गराएको छु । तर मलाई नसोधी मेरोबारे विभिन्न संचारमाध्यममा गलत कुरा प्रकाशन प्रसारण भएको छ यसमा मेरो आपत्ती छ अध्यक्ष पाण्डेले भनिन्।” पीडित परिवारसंग बसेर उनीहरुको कुरा सुन्ने सहज वातावरण नभएको हुदा एउटा सवारी दुर्घटनालाई आधार बनाएर गलत कुरालाई प्रश्रय दिइएको भन्दै पाण्डेले भनिन “फरार रहेका चालक शिव सुवेदी गाउपालिकाको सम्पर्कमा नआएको तर प्रहरीलाई अनुसन्धानको लागि आवश्यक सबै सुचना उपलब्ध गराएको छु । पीडितलाई न्याय दिलाउने पक्षमा म सधै तयार छु र दिलाउछु।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ