arrow

फागुन ७ देखि यी ७ माग राखेर आमरण अनसन बसे कृष्णप्रसाद

पौडेलको जीवनरक्षाका लागि उनको अनसन अन्त्य गरी माग पूरा गर्न माग

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
madi-ansan-congress.jpg

काठमाडौं । फागुन ७ गते प्रजातन्त्र दिवस । खुशीयाली मनाउने दिन । तर नेपाली काँग्रेसका नेता एवं चितवन जिल्ला माडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल भने आमरण अनसनमा बसेका छन् । 

आइतबार पाँचौं दिनसम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था बिग्रेको छ । यो स्वास्थ्य र उनको मागलाई लिएर कांग्रेस केन्द्रले पनि गम्भीर चासो देखाएको छ । 

कांग्रेस केन्द्रले पौडेल विकासको एजेन्डा लिएर आमरण अनसनमा बसेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

गत फागुन ७ गतेबाट माडीका जनताको वास्तविक आवाज बोकेर त्यस क्षेत्रको चौतर्फी विकास संगसंगै हकहितका लागि ७ बुँदे माग सहित आमरण अनसनमा बसेका पौडेलप्रति कांग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

राष्ट्र विकासका लागि जनप्रतिनिधि स्वयं नै आमरण अनसन बस्नुपर्ने वाध्यता सिर्जना हुनु वर्तमान सरकार देश विकास र जनहितको कार्यमा असक्षम भएको पुष्टि भएको पनि कांग्रेसको निष्कर्ष छ । 

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको पक्ष एवं विकासका लागि बसेका आमरण अनसनप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेस संसदीय दलले ऐक्यवद्धता जनाएको छ । 

आमरण अनसनको पाँचौं दिनसम्म आइपुग्दासमेत स्थानीय र संघीय सरकारले चासो नदेखाउनु र उदासिन हुनु दुखद पक्ष भएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा पौडेलको जीवनरक्षाका लागि उनको अनसन अन्त्य गरी माग पूरा गर्न पनि माग गरिएको छ । 

यी हुन् ७ माग–
१, राष्ट्रिय निकुञ्ज सम्बन्धी २०२९ को विनियम संशोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौं संशोधन) नियमावली २०७६ ले माडी जस्तो बहुउपेक्षित क्षेत्रलाई खासै संवोधन गर्न नसकेको हुँदा मानवअधिकार सहितको संरक्षण (जनपक्षीय) का लागि पुनः संशोधित हुनुपर्ने । 

२, बाँदरझुला, अमिलिया लगायत सम्पूर्ण भूमिहीन सुकुम्बासीहरुको उचित व्यवस्थापन हुनुपर्ने । 

३, मानव वन्यजन्तु द्धन्द्ध निवारणका लागि ठोस रुपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनु पर्ने साथै उत्तरी सीमानामा पर्ने रीउ खोला करिडोरको निर्माण व्यवस्थित हुनुपर्ने । 

४, लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने । 

५, कसरादेखि वनकट्टा साथै बगहीदेखि बँदरझुलासम्मको बाटो पूर्णपमा स्तरोन्नति गरी चौबीसै घण्टा आवत जावत हुनुपर्ने । 

६, माडी नगरपालिकालाई कृषि, पर्यटनको हवको रुपमा विकास गर्न विशेष योजना हुनुपर्ने । 

७, प्राकृतिक स्रोत साधनमा पूर्ण रुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ