arrow

नेपालबाट भारतमा अवैध रुपमा प्याज ढुवानी, भन्सार र प्रहरीको मिलेमतो

स्थानीयले लिए प्याज भरिएको एउटा टिपर नियन्त्रणमा

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
85243208_228238665001926_68.jpg

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ सखरा भन्ने स्थानबाट अवैध रुपमा भारतमा प्याज ढुवानी भइरहेको भन्दै स्थानीयवासीय आन्दोलित भएका छन् । स्थानीयवासीले विरोध गर्दासमेत पनि भन्सार कार्यालय र प्रहरीले नसुनेको भन्दै आन्दोलन गरेका हुन् । 

आइतबार बिहानमात्रै पनि ९ वटा टिपरमा प्याज भारतसंग निकासी भएको स्थानीयले बताए । उनका अनुसार १ वटा कन्टेनरलाई भने स्थानीयले नियन्त्रणमा लिएर सखरामा आन्दोलन गरिरहेका छन् । 

त्यो नाकामा भन्सार कार्यालय कुनौली र न्युद नाका हो । जहाँ पाँच हजार रुपैयाँसम्मको मात्र चलानी काटिन्छ । त्यो नाकाबाट दैनिक २०–२५ वटाको संख्यामा टिपरबाट प्याज लगायतका सामग्रीहरु भारततर्फ लैजाने गरिएको छ । 

अवैध रुपमा लैजाने सामग्री रोक्न खोज्दा स्थानीयलाई प्रहरी प्रशासन र भन्सार कार्यालयले समेत वास्ता गरेको छैन । आइतबार बिहानमात्रै ९ वटा टिपरको भन्सार हेर्दा भन्सार कागजपत्रसमेत नभएको पाइएको एक स्थानीयले हाम्राकुरालाई सुनाए । 

नेपाली गाडीबाट नाकासम्म पुर्याएर त्यहाँबाट भारतीय गाडीमा भारततिर लैजाने गरेको पाइएको छ । 

टिपरबाट लगेको प्याज, मटर, सोडा, रक्सी लगायतको सामग्री लगिन्छ भने भारतबाट अवैध रुपमा दूधको पाउडर आउने गरेको छ । 

एउटा टिपरलाई स्थानीयले रोके पनि ९ वटा भने रोक्न स्थानीयले सकेनन् । एउटा टिपर रोकिराखे पनि अवैध बाटोबाट आएको उक्त टिपरको पनि कागज भएको हुन सक्ने भन्दै प्रहरीले छाड्न दवाव दिएको छ । 

स्थानीय व्यापारीहरुले पनि साथ दिँदा सखरा मन्डी बजार बन्द गर्ने तयारी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ