- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विद्यार्थी राजनीतिले देश को हरेक कुनामा चल्दै आईरहेको त्यो तमाम जनवादी संघर्ष को पक्षमा आफ्नो आवाजलाई क्रान्तिकारी रूपमा बुलन्द गर्ने गर्दछ। त्यसैले सधैं सत्ता मा बसेका ती शासकहरुको अँखामा डर त्रास भन्ने कुरा विद्यार्थी राजनीति अर्थात स्ववियु माथि नै गाडिएको हुन्छ। सायद त्यही डरले विगतको एकदशक देखि ती शासकहरु ले स्ववियु निर्वाचन गराउने सकारात्मक वातावरण कहिले पनि निर्माण गरेनन् ।
यसो भनौ स्वतन्त्र विद्यार्थी युनियन नेपालको विद्यार्थी आन्दोलनको जीवनरेखा नै हो। स्ववियु बिनाको विद्यार्थी आन्दोलनले कुनै परिभाषा दिन सक्दैनन् ।त्यसैले स्ववियु र विद्यार्थी आन्दोलन दुवै एउटै हुन् । तथापि स्ववियुको आवश्यकता बारे त्रिवी जिम्मेवार बन्न नसक्दा नियम अनुसार दुई दुई वर्षमा भैहाल्नुपर्ने र विगत १० वर्ष देखी देशभरीका कलेज विश्व विद्यालयहरुमा स्ववियु निर्वाचन नहुदा विद्यार्थीहरुको हकहित र अधिकारको लागी खडा भएको स्ववियु यसपटक पनि प्रभावहिन भएको छन् ।त्यसो स्ववियु निर्वाचन को बहस ,चर्चा र तयारी पटकपटक नभएको होइन ।
सरकार र त्रिवीको विभिन्न बहानामा आफनै स्वार्थका कारण विगतमा जस्तै यसपालि पनि तोकिएको समयसीमा भित्र स्ववियु निर्वाचन हुन सकेनन् । इतिहास बदल्ने गौरवमय त्यो जग माथि उभिएको भएको विद्यार्थी आन्दोलनको गरिमालाई पुनर्ताजगी गर्न यसपटकको स्ववियु निर्वाचनले महत्त्वपूर्ण भुमिका खेल्थ्यो तर पुनः चुक्यो। युगान्तकारी परिवर्तनको एक हिस्सेदार बनेको विद्यार्थी आन्दोलन परिवर्तन को नयाँ कोर्स सहित स्ववियु मार्फत आम युवा विद्यार्थी नयाँ एजेन्डा र नेतृत्व लिएर पुनः संगठित हुने छ्न भन्ने कुरा देखि अहिलेको शासक डाराउदा आज पुनः तोकिएको समयमा चुनाव भएन र अनिश्चितकालको लागि रोकिए ।यो दु:खद हो।
देश भरी रहेको त्रिवि अन्तरगतको कलेजहरु समयमै स्ववियु निर्वाचन मार्फत स्ववियुमा नयाँ नेतृत्वहरु नआउँदा विद्यार्थीहरुको त्यो आवाजहरुलाई विगत एक दशक देखी सम्बोधन गर्न सकिएको छैन । यता स्ववियु नहुदा क्याम्पस प्रशासन एवं त्यहाँ रहेको प्राध्यापकहरुले आफ्नो मनमौजी तवरले भ्रष्टाचार एवं काम नै नगरी हाजिरी मात्रै बनाई तलब तथा सेवा सुविधा खाने गरेको छन् । हाजिरी सरकारी कलेजमा तर अध्यापन चाहिँ प्राइभेट क्याम्पस मा गएर गर्ने गरेको छन् ।
क्याम्पस भित्र रहेको ती तमाम सार्वजनिक सम्पत्तिको संरक्षण गरिएको छैन। क्याम्पसमा पढाईको वातावरण राम्रो नभएकोले विद्यार्थी नियमित आउन मान्दैनन र धेरैजसो विद्यार्थीको नजर त्रिवि अन्तरगत रहेको सरकारी कलेज भन्दा प्राइभेट कलेज पहिलो नजर पुग्ने गर्दछ। सबै विद्यार्थी नियमित कक्षामा नआउँदा र प्रध्यापकले ईमानदारीता पुर्वक पढाउन नमान्दा क्याम्पस भित्रको ल्याबमा भएको ती समाग्रीहरु प्रयोग विहिन भएको छन् । लाईब्रेरीको त्यो हजारौं पुस्तकहरुमा माकुराले जाल पारीसकेका छन् । मानौं कि पुरै क्याम्पस अव्यवस्थित भैइसकेको छ। यसो भनौ कि अझै केहि समय यस्तै खराब रहिरह्यो भने क्याम्पस अव्यवस्थित भैइनै सकेको छन् अब बर्बाद हुन पनि समय लाग्दैन । यो सबैको समाधान स्ववियु मार्फत खोज्न सकिन्थ्यो तर रहदै नरहे पछि कसरी होला ।
आज स्ववियु लाई बचाउनको लागी पुरै देश भरीको त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेको क्याम्पसमा अध्ययनरत आम विद्यार्थीहरु लागेको छन् तर तीनको आवाज मागलाई यो त्रिविले सुन्न मानिरहेको छैन्। त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै हुन्छन् । विश्वविद्यालयमा रेक्टर नहुदा विद्यार्थी संगठनका तर्फबाट लगातार निमित्त रेक्टरको ठाउँमा रेक्टर नियुक्ति गर्न माग गरिएको थियो तर प्रधानमन्त्रीले विश्वविद्यालयको रेक्टर नियुक्तिमा आफ्नो राजनीतिक स्वार्थ खोजे। जसको परिणाम अहिलेसम्म प्रधानमन्त्रीले त्रिवीमा रेक्टर नियुक्त गर्न सकेनन् । स्वयं प्रधानमन्त्रीले उता त्रिवीले पनि विगत एक दशक देखी विद्यार्थीको स्ववियु चुनाव गराउन चाहेको छैन।
स्ववियु चुनावदेखि प्रधानमन्त्री सायद डराएका छन्। उनलाई लाग्दै होला विद्यार्थीको माइन्डेट कहि सरकारको क्रियाकलाप विरुद्धमा नाआओस। त्रिवी चलाउने ती पदिय व्यक्तिहरुलाई पनि स्ववियु नभकै कुरा आनन्द छ। अहिले त्रिवि अन्तरगतको क्याम्पसहरुमा मनपरितन्त्र बढी भएको छ। क्याम्पसमा प्रशासनद्वारा गरिएको गलत विषयहरु माथी बोल्ने कोहि छैनन् । देशमा सबै निकायको चुनाव हुनु तर स्ववियुको नहुने कारण के होलान् । दुई तिहाई बहुमत भएको सरकारले स्ववियु चुनाव गराउन नसक्नु दु:खद कुरा हो।
(झा राजनीति शास्त्रका विद्यार्थी एवं नेविसंघ प्रदेश २ का नेता हुन् । )