arrow

बाँस्कोटाकै पल्ला भारी भन्ने प्रधानमन्त्रीको विवेकशीलले माग्यो राजीनामा

logo
प्रकाशित २०७६ फागुन ११ आइतबार
bibekshil5.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै विवेकशील नेपाली दलले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।  

दुइ वर्ष बित्न नपाउँदै वाइडबडी काण्ड, बालुवाटार काण्ड हुँदै गोकुल बाँस्कोटाको ७० करोडको काण्डसम्म आइपुग्दा "भ्रस्टाचारीको मुखै हेर्दिनँ" भन्ने प्रधानमन्त्रीकै सम्लग्नता हुन सक्ने आकलन गर्दै  दलले आइतबार मण्डलामा प्रदर्शन गर्दै राजीनामा मागेको हो ।  

 "प्रधानमन्त्री, राजिनामा देऊ!" भन्दै विवेकशीलले प्रदर्शन गरेको थियो ।  'प्रधानमन्त्रीले करिव डेढ महिना अघिनै भिडियो हेरेको भन्ने खबर आइराख्दा र सरकार अनि प्रधानमन्त्रीकै आवाजको रुपमा स्थापित गोकुल बाँस्कोटा माथि प्रश्न उठ्दा प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर, निष्पक्ष छानबिन गर्न मार्ग प्रसस्त गर्न जरुरी छ' दलका नेता मिलन पाण्डेल भने ।

घटना सार्वजनिक हुनु दुईदिन अघि प्रधानमन्त्रीले गोकुल बाँस्कोटालाई तुलोको एकातिर अनि अरु सबै नेतालाई अर्को तिर राख्दा पनि गोकुल बाँस्कोटाकै पल्ला भारी हुने बताएका थिए। यहि भाषणकै आधारमा पनि नैतिकताको प्रश्न उठ्ने उनको ठहर छ । दलले अब भ्रस्टाचारको भन्डाफोर गर्दै प्रधानमन्त्रीको राजीनामा माग्दै जाने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ