arrow

गोकुल बाँस्कोटा भ्रष्टाचार प्रकरणमा नेकपा सांसद पाठक पनि संलग्न !   

logo
प्रकाशित २०७६ फागुन १२ सोमबार
gokul-surya-pathak.jpg

काठमाडौं । निवर्तमान संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भ्रष्टाचार प्रकरणको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रले करोडौंको कमिसन काण्डमा अन्य व्यक्तिहरुका साथै संसदको सार्वजनिक लेखा समितिका सदस्य एवं नेकपाका सांसद डा.सूर्य पाठकको नाम पनि मुछेका छन् । 

मिश्रले पाठकको नाम पनि मुछेपछि उनको उनको संलग्नता शंकास्पद रहेको पाइएको छ । मिश्रले नेपाली रेडियो नेटवर्कसँगको अन्तर्वार्ताका क्रममा नेकपाका सांसदद्धय डा.सूर्य पाठक र प्रेम आलेको संलग्नता प्रत्यक्ष रुपमा रहेको खुलासा गरेका छन् । 

उनका अनुुसार लेखा समितिमा सबै काम मिलाइदिने जिम्मेवारी डा.पाठकले लिएका थिए । उनले डा.पाठक र आलेमाथि छानविन हुनुपर्ने माग गरेका छन् । 

मिश्रको यो आरोपमा सत्यता रहेको लेखा समितिका काँग्रेससम्बद्ध सदस्यहरुको पनि सहमति रहेको छ । मिश्रले उक्त अडियो सार्वजनिक गरेकै दिन डा.पाठककै जोडबलमा उक्त लेखा समितिको बैठक बोलाइएको थियो ।

त्यस बैठकमा पनि उनले मिश्रको बारेमा निकै चासो लिएका थिए । उनले ती मिश्रलाई तत्कालै पक्राउ गरी कारबाही गर्न भन्दै प्रहरीलाई पत्राचार गर्न समितिका सभापति र सचिवलाई दबाब दिएका थिए ।

सो समिति बैठकमा उपस्थित पत्रकारहरुलाई सभापतिले निर्णय नसुनाउदै सो निर्णय सुनाएका थिए । 

त्यसैगरी विजय मिश्रले हाम्राकुरा डटकम मार्फत सो अडियो सार्वजनिक गरेलगत्तै डा.पाठकले फेसबुकमा पनि कडा कुरा गरेका छन् । उनले मिश्रलाई पक्राउ गरेर कारबाही चलाउन पटक पटक स्टाटस लेखेका छन् । 

उक्त काण्ड सार्वजनिक भएपछि अरु सदस्यले केही नबोलेका तर उनले भने फेसबुकदेखि समितिमा पुगेका पत्रकारसामु विजय मिश्रमाथिको कारबाहीको कुरा पटक पटक उठाएबाट पनि अरु सदस्यले आशंका गरेका थिए ।

हुनत मिश्रले लेखा समितिका सबैप्रति आशंका ब्यक्त गरेका छन् । 

अर्कातर्फ डा.पाठकको सम्पर्कबाटै ती मिश्रलाई लेखा समितिमा विज्ञ बनाएर ल्याइएको थियो । उनीहरु जापानमा सँगै बस्दै आएका थिए ।

सांसद पाठकका जापानमा पाँच ओटा रेष्टुरेन्ट रहेको परिवार निकट स्रोतले बताएको छ । उनकी श्रीमती र भाइले ती रेष्टुरेन्ट चलाउँदै आएका छन् । 

सांसद पाठक पनि आधा नेपाल र आधा जापानमै बस्ने गरेका छन् । यी विजयप्रकाश मिश्रलाई डा.पाठकले नै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा समक्ष पुर्याएको बताइन्छ । 

शुरुदेखि नै यिनीहरुले सबै प्रोजेक्टहरु मिलेर गर्ने भनी काम गर्दै आएकोमा कमिसन नमिलेपछि यी दुई बीच पनि मनमुटाव भएको बुझिएको छ । 

विजय मिश्रले सांसद पाठकसँग जापानको पिआर रहेको आरोप अन्तर्वार्ताका क्रममा लगाएका छन् । उनलाई तत्काल निलम्वन गरी छानविन गर्नु पर्ने मिश्रले माग गरेका छन् । 

जापानी दूतावास मार्फत नेपाल सरकारले तत्काल बुझेर पाठकको पिआर छ की छैन सार्वजनिक गर्नु पर्ने पनि उनले बताएका छन् । 

जापानमा रेष्टुरेन्ट र म्यानपावर कामका लागि पार्टनरसिप गर्दै आएका मिश्र र पाठकबीच यसअघि घनिष्ठ सम्बन्ध रहेको जापानमा रहेका नेपालीहरु बताउँछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ