arrow

युवा पत्रकार गोविन्द मरासिनी सम्मानित 

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
govinda-marasini.jpg

स्याङ्जा । युवा एवं जुझारु पत्रकार गोविन्द मरासिनी सम्मानित भएका छन् । विगत एक दशकदेखि सशक्त पत्रकारिता गरिरहेका मरासिनीलाई स्याङ्जाको लत्रेपिपलमा भएको तेस्रो लत्रेपिपल तथा साँस्कृतिक मेला–२०७६ का क्रममा सम्मान गरिएको हो । 

उनलाई आयोजकले संचार जगत्मा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको जनाएको छ । 

मरासिनीलाई कार्यक्रमकी प्रमुख अतिथि पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीले प्रमाणपत्र र नेपाल पत्रकार महासंघ स्याङ्जाका सभापति ओम प्रकाश शर्माले माला लगाएर सम्मान गरेका थिए । 

नयाँ पुस्ता डटकमका कार्यकारी सम्पादकसमेत रहेका मरासिनीले बिशेषतः स्याङ्जा जिल्लाको पर्यटन र स्याङ्जाको कलाकारिता क्षेत्रमा कलम चलाएवापत सम्मान गरिएको हो ।

उनले विभिन्न पत्रपत्रिका स्वतन्त्रपूर्वक आलेखहरु प्रकाशित गर्ने गर्छन् । सेतोपाटी डटकम, गोरखापत्र, राजधानी दैनिकलगायतका पत्रिकामा उनका विभिन्न आलेखहरु प्रकाशित छन् । 

मरासिनी समुद्रपारी डटकम, दर्पण संसार डटकम, इमेज च्यानल टेलिभिजन, काठमांडु प्रेस लगायतका मिडियामा काम गरेको अनुभव छ ।

कार्यक्रममा वडा न ३ कार्यबहाक सभापित तेजप्रसाद शर्मा, पर्यटन प्रबर्द्धक अन्नत कुमार श्रेष्ठ, काँग्रेस नेता दिर्घ नारायण मरासिनी, रेडियो स्याङ्जाका प्रबन्धक रमेश गोदार लगायतको पनि सहभागीता रहेको थियो । मेला आइतबार सकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ