arrow

महाभारतका युवाले नेकपा छोडे, धनकुटामा कांग्रेस प्रवेशको लहर

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
congress-prabesh1.JPG

धनकुटा ।धनकुटा जिल्लाको सागुरीगढीमा कांग्रेस प्रवेशमा युवाहरुको व्यापक लहर अहिले आएको छ । धनकुटाको  सागुरीगढीमा आजसम्म गरी सयौ युवाहरु कांग्रेसमा प्रवेश गरिसकेका छन ।

धनकुटा जिल्लाको सागुरीवढी गाउपालिका वडा नं. ८ महाभारतका नेकपा,  संघीय समाजवादी,  राप्रपा परित्याग गरी ६७ जना लगायत सागुरीगढी गाउपालिकाका विभिन्न वडाहरुका गरी ९३ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने युवा नेताहरु प्रितिमान राई, विष्णु कुमारी राई, भोज विक्रम राई, भरत राई,  विक्रम राई, थामविक्रम राई, रोहित राई, नेपाल राई, थामजित राई, दिनेश राई, रोहितमान राई, सोनु राई, अस्मिता राई, अनिता राई,  चण्डिका राई, निर्मला राई, अनिता राई, इशा राई,  सरिता राई,  सपना राई, विष्णु प्रसाद राई रहेका छन् ।

साथै अनिता राइर्, बल वहादर राई,  प्रेम राई, अमल राई, दिलकुमारी राई, उज्वल राई, मुस्कान राई, महेन्द्र जित राई, विवेक राई, रुपेश राई, महेन्द्र राई, सुवास राई, भलिभद्र राई, सन्तोष राई, भोटनाम राई, नविन राई, देवचन्द्र राई, नगिन राई, सञ्जु राई, विजय राई, साजन राई, नगेन राई, बसन्त राई, झगेन राई, उमेश राई, देवेन्द्र राई, किसान राई, अमित राई, सम्भु राई, गिता राई लगायत सागुरीगढीका विभिन्न वडाहरुका गरी ९३ जनाभन्दा वढी रहेका छन् ।

 नव प्रवेशीको नेतृत्व गरेका प्रितिमान राई लगायतका नवप्रवेशी युवा नेताहरुले नेकपा लगायतका पार्टीहरुले जनतालाई ढाट्न् छल्ने मात्र काम गरीरहेकाले समाज परिवर्तनकालागी र समाजको समृद्धी र विकासकालागी नेपाली  कांग्रेसले मात्रगर्न सक्ने विश्वास र भरोसा भएकाले नेपाली कांग्रेसमा प्रवेश गरेकोले नेपाली कांग्रेसलाई हरेक तहको निर्वाचनमा विजयीबनाउन सक्रियहुने वताए ।

नेपालीकांग्रेस धनकुटाका निर्वतमान सभापति तथा संविधान सभाका सदस्यमनोहर नारायण श्रेष्ठले नेकपाको सरकार पूर्ण रुपमा असफल भैसकेको बताए उनले अव नेकपाबाट नेपाली नागरिकहरु न्याय नपाउने भएकोले सवैको विश्वास र भरोसाको पार्टी नेपाली कांग्रेस मात्र भएको विश्वास दिलाए ।

 नवप्रवेशीहरुलाई अविर लगाएर स्वागत गरिएको थियो । कांग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापति मनोहर नारायण श्रेष्ठ नेताहरुले टिका खादा तथा अविर लगाई दिई स्वागत गरेका थिए ।

  जिल्ला सचिव तथा संगठन विभागका प्रमुख विजय सन्तोषी राई, जिल्ला कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु हर्कमान  चेम्जोग लगायतले  नव प्रवेशीहरुलाई नेपाली  कांग्रेसको सदस्यता प्रदान गरेका थिए । साथै नवप्रवेशीहरुलाई जिल्ला सचिव विजय सन्तोषी राईले शपथ खुवाएका थिए ।

यसभन्दा अघि पनि सागुरीगढी गाउपालिकाका विभिन्न वडाहरुबाट सयौ युवाहरु विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको क्षेत्रिय सभापति जितेन्द्र राईले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ