arrow

राष्ट्रपतिको स्वागतका लागि दार्चुलाका दुई स्थानीय तहमा सार्वजनिक बिदा

logo
प्रकाश चन्द्र भट्ट, 
प्रकाशित २०७६ फागुन १५ बिहिबार
vidya-devi-bhadari.jpg

दार्चुला । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि दार्चुलाका दुई ओटा स्थानिय तहले सार्वजनिक विदा दिएका छन् । 

राष्ट्रकै सातौं धामका रुपमा चिनिएको धार्मिक तीर्थस्थल मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारी आउने भएपछि स्वागतका लागि मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले सार्वजनिक विदा दिएको हो ।

बुधवार गाउँकार्यपालिका र नगरकार्यपालिकाले जिल्लामा राष्टपतिको आगमन हुने भएपछि विदा दिने निर्णय गरेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले जानकारी दिए । 

राष्ट्रपति विद्यादेवी भण्डारी मालिकार्जुन गाउँपालिकाको निमन्त्रणमा शैल्य मालिकार्जुन दर्शन तथा पुजापाठ गर्न आउन लागेको गाउँपालिकाका अध्यक्ष धामीले जानकारी दिए । 

राष्ट्रपति भण्डारी उपस्थित भएको कार्यक्रममा पञ्चकन्या, गाउँपालिका अध्यक्ष र अन्य व्यक्तीहरुबाट स्वागत तथा अभिनन्दन गर्ने, स्थानिय कला संस्कृति, सँगुन झोडो, ढुस्को प्रर्दशन गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।

राष्ट्रपति भण्डारीले बिहीबार बिहान १० बजे राष्ट्रकै सातौं धाम मालिकार्जुन मन्दिरको दर्शन तथा पुजापाठ गर्ने कार्यक्रम रहेको छ ।

मन्दिर दर्शन पश्चात मावि मणमा हुने नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्ने तथा ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उद्धघाटन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । 

बुधवारदेखि सुदूरपश्चिमको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले पहाडी जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यसुची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ