arrow

बाँस्कोटाको बचाउमा उत्रिए प्रधानमन्त्री ओली 

मिर्गौला प्रत्यारोपण गरेको छैटो दिनमा काममा फर्किन्छु : ओली

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
ncp-oli-prachanda.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै घुस मागेको अडियो काण्डमा मुछिएका तत्कालीन मन्त्री गोकुल बाँस्कोटाको बचाउमा उत्रिएका छन्। उनले भने ‘बाँस्कोटाले भष्ट्राचार नै गरेजसरी प्रस्तुत गरेर पार्टीको बदनाम गर्न खोजिदै छ। उहाँले नै मेरो अडियो हैन भनिसक्नुभएको छ। आरोप सत्य हो कि होइन भनेर हामीले हेर्नुपर्छ। कसैले २० करोड खाको भन्छ, कसैले भन्छ घुस माग्यो। यही आरोप सत्य हो भने ऊ सजायँको भागीदार हुन्छ’ उहाँले भने, ‘होइन भने त्यसको खण्डन दृढताका साथ गरिन्छ।’ उहाँले कम्युनिष्ट पार्टीको आचरण र आदर्श भ्रष्ट हुँदैन भन्दै कोही भ्रष्ट भएमा त्यसलाई कारवाही गरिने समेत स्पष्ट पारे।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्व विरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान समेत गरेका छन्। उनले अहिले बाहिर आएको अडियो टेप प्रकरण पार्टी, सरकार र नेताको चरित्र हत्या गर्न सङ्गठित प्रयास भएको समेत आरोप लगाए।

उनले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा अडियो टेप प्रकरण अनधिकृत ढङ्गले आएको समेत  बताए।  ‘मेरो बारेमा प्रश्न उठेको हुनाले गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिन्छु भनेर राजीनामा दिनुभएको हो। मैले राजीनामा स्वीकृत गरेँ’, ओलीले भने, ‘उहाँले यो टेप मेरो होइन भनिरहनुभएको छ।  म न्याय खोज्छु भन्नुभएको छ।  स्वीस राजदूतावासले पनि उसको प्रतिनिधि होइन भनेर भनेको छ। त्यसको कुनै सत्यता पुष्टि भएको छैन। त्यसकारण उक्त टेपमा कुनै प्रमाण छैन। त्यो टेप प्रकरण प्रमाणित हुँदैन।’ उनले बाँस्कोटमा दोष देखिएमा त्यसको सजाय उनले भोग्ने बताए। उनले आफ्नो नाममा पनि उक्त टेप प्रकरणमा उजुरी हालिएको छ भन्दै त्यो काम नलाग्ने बताए।

उनले केही विरोध गर्न नपाएपछि आफ्नो जन्मदिनमा जनताले केक काटेर उत्सव मनाएकामा पनि नेपाली काङ्ग्रेसले विरोध गरेको बताए। ‘भारतले नाकाबन्दी गर्दा बोल्न नसक्ने काङ्ग्रेस केकमा राष्ट्रवाद भन्न थालेको छ’, उनले भने, ‘मेरो जन्मस्थलमा मसँगै पानी, बिजुली पुगेपछि जनताले केक काटेर उत्सव मनाएका हुन्। कसले केक ल्याए, मलाई थाहा छैन। मैले केक छोइदिएको मात्र हुँ। केक उनीहरुले नै काटेका हुन्।’

संसद्मा जवाफ दिनेबाट भागदिन
उनले संसद्बाट आफू कहिल्यै नभाग्ने बताए। उनले भने, ‘संसद्मा बोल्दाखेरि हुलहुज्जत गरेर बोल्न नदिने, अनि भाग्यो भनेर भन्ने ? संसद्मा दुई तिहाई ल्याएको पार्टीको नेता हुँ,  म कहिल्यै भाग्दिन।’ उनले आफू कुनै समय संसद् जाने र  प्रतिपक्षको कुरा सुनेर जवाफ दिने पनि स्पष्ट पारे। ‘प्रधानमन्त्री विभिन्न कामले सधैँ संसद्मा पुग्न सक्दैन’, उनले भने, ‘म कुनै समयमा त्यहाँ गएर उहाँहरुका कुरा सुनेर जवाफ दिन्छु।’

मिर्गौला प्रत्यारोपण गरेको छैटो दिनमा काम सुरु गर्छु : ओली
प्रधानमन्त्री ओलीले केही दिनभित्र आफूले मिर्गौला प्रत्यारोपण गर्ने जानकारी दिए। मिर्गौला प्रत्यारोपण गरेर पाँच दिन अस्तपालमा बस्ने र छैटो दिनमा घर आएर काम शुरु गर्ने उनको भनाइ थियो। उनले अझै पनि १०–१५ वर्ष आफ्नो स्वास्थ्यमा तलमाथि नहुने दृढता पनि व्यक्त गरे। ‘अहिले मानिसले मलाई बिरामी भने पनि म दैनिक १७–१८ घण्टा काम गरिरहेको छु’, उनले भने, ‘‘ बिरामी हुँदा पनि काम गर्ने मेरो बानी परेको छ। अलिअलि बिरामी परिहालिन्छ। जिन्दगी यस्तै हो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ