arrow

थप स्थानीय पाठ्यक्रम बनाउँदै भक्तपुर नगरपालिका

logo
रासस,
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
Bhaktapur_Nagarpalika.png

भक्तपुर।  नगरपालिकाले कक्षा ३ र ८ को पाठ्यक्रम निर्माण गरी ‘ख्वपको पहिचान’ नामक पाठ्यपुस्तक प्रकाशन गर्ने भएको छ। नगरपालिकाले कक्षा १, २, ६ र ७ को स्थानीय पाठ्यक्रम निर्माण गरेर यहाँका सबै विद्यालयमा यसअघि लागू गरिसकेको छ। नगरप्रमुख सुनिल प्रजापतिले थप पाठ्यक्रम निर्माणमा विज्ञहरुसँगको परामर्श लिएर तयारी गरेको जानकारी दिए। भक्तपुरको मौलिक सीप, प्रविधि, इतिहासबारे नयाँपुस्तालाई जानकारी गराउन नगरपालिकाले शैक्षिक वर्ष २०७५ देखि चारवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरिसकेको उनले बताए।

स्थानीय पाठ्यक्रम लागू गर्ने यो पहिलो नगरपालिका भएको दाबी गरिएको छ। नगरप्रमुख प्रजापतिले नपाद्वारा गठित स्थानीय पाठ्यक्रम तयारी कार्यदल र विज्ञहरूको सल्लाहअनुरुप पाठ्यसामग्री समेटिइ सो पुस्तक प्रकाशनमा ल्याउन लागेको जानकारी दिए।

स्थानीय पाठ्यक्रम तयार कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले लागू भएका पाठ्यक्रम प्रभावकारी भएको र अब थप हुने कक्षाका पाठ्यक्रम तथा प्रकाशित हुने पाठ्यपुस्तकमा विज्ञहरुको सुझावलाई समेटेर अगाडि बढ्ने जानकारी दिए। स्थानीय पाठ्यक्रम तयार कार्यदल सदस्य सिद्धिरत्न शाक्य, रोशनराज तुइतुईलगायतले जिल्लावासीले आफू जन्मेहुर्केको ठाउँ र संस्कृतिकबारे ज्ञान बाँड्न पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउछन्।

नगरपालिकाले यहाँका विद्यालयमा लिपि र भाषाका कक्षा सञ्चालन गर्नुपर्ने, विद्यार्थीलाई मौलिक संस्कारबारे अडियो–भिडियोसहितको डकुमेन्ट्री देखाई सिक्ने अवसर दिनुपर्ने, समाजप्रति उत्तरदायी बनाउने ढङ्गले यहाँका संस्कृतिको महत्वबारे प्रष्ट पार्नुपर्ने, स्थानीय खेल खेल्न प्रेरित गर्नुपर्ने, स्थानीय पाठ्यक्रमको उपलब्धि र प्रभावकारिताबारे अनुगमन गर्नुपर्ने सुझाव आएको जनाएको छ। यसैगरी अनुसन्धानमा आधारित ज्ञान र सीप दिनुपर्ने, शिलापत्र–ताम्रपत्र आदिको ज्ञान दिने ढङ्गले शिक्षित गर्नुपर्ने, स्थान विशेष शब्दहरूबारे थाहा दिनुपर्ने, भाषागत शुद्धाशुद्धीमा ध्यान दिनुपर्नेलगायतका सुझाव आएकाले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ