arrow

दधिची ऋषिले देवतालाई किन दिए आफ्नै हड्डी ?

देवताहरुसँग प्रतिशोध लिन चाहेका छोरा पिप्पलाद यसरी भए शान्त

logo
पुराण,
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
datichit.jpg

काठमाडौं । बालक पिप्पलादको आखाँ जब खुल्यो , तब ओषधियहरुलाई आफ्नो अभिभावकको रूपमा देखे । वृक्षले फल दिन्थे, पंक्षी आहार ल्याउथे र मृग हरियो सागपात खुवाउथे। ओषधियहरुले आफ्नो राजा सोमसँग मागेर अमृतको घुट्की पिप्पलादलाई पिलाउने गर्थे। यो दृश्य देखेर पिप्पलादले वृक्षहरुसँग सोधे-'मनुष्यका माता-पिताबाट मनुष्य तथा वनस्पतिहरुबाट वनस्पति उत्पन्न हुन्छन् , तर म तपाई वनस्पतिहरुको पुत्र भएर पनि मनुष्य कसरी भए ?'

यसको उत्तरमा वनस्पतिहरुले पिप्पलादलाई उनको जन्मको कथा सुनाउदै भन्छन् -'महर्षि दधीचि तिम्रो पिता र गभस्तिनी तिम्रो माता हुन् । यस प्रकार तिमि मनुष्यकै पुत्र हौ। तिम्रा माता-पिता हामीलाई पुत्रको रुपमा मान्थे , अतः हामि पनि तिमिलाई पुत्र नै मान्दै आएका छौ । तिम्रो आमाले आफ्नो पेट चिरेर तिमिलाई निकालेकी थिइन् र हामीलाई सुम्पेर स्वयं सती गएकी थिइन् । तिम्रा माता-पिताको मृत्युपछि समूचा वन धेरै दिनसम्म रोइ रह्यो । तिम्रा मातापिताले हामिलाई माया गर्थे र हामी उनीहरुलाई ।'

यति भनेर वनस्पतिहरु बिलौना गर्न थाले । यो सुनेर बालक पिप्पलादलाई निकै विस्मय भयो । उनले आफ्नो माता-पिताको कहानी जान्न चाहे। वनस्पतिहरुले उनका माता-पितालाई श्रद्धासहित नमन गरेर उनको जीवन-गाथा प्रारम्भ गरे-' तिम्रो पिताको नाम दधीचि थियो। उनमा सबै उत्तम गुण विद्यमान थियो।  तिम्रो माता उत्तम कुलकी कन्या र पतिव्रता थिइन्। उनको नाम गभस्तिनी थियो। उनी लोपामुद्राकी बहिनि थिइन्। तिम्रा माता-पिताले तपस्या यति सामर्थ्य आर्जन गरेका थिए कि उनको आश्रममा दैत्य-दानवहरुको आक्रमण हुन सक्दैन थियो ।
 
एक दिन विष्णु, इन्द्र आदि सबै देवता आश्रममा आए । दैत्यमाथि विजय पाएर उनीहरु प्रसन्न थिए। तिम्रो माता-पिताले उनीहरुको सत्कार गरे। देवताहरुले भने -'तपाई जस्तो महर्षि जब हामीमाथि यति कृपा गर्नुहुन्छ भने, हाम्रोलागि के दुर्लभ छ ? हामीले  शत्रुहरुमाथि विजय प्राप्त गरेका छौ । अब हामी चहान्छौ कि हाम्रो अस्त्र-शस्त्र तपाईको आश्रममा राख्न दिनुहोस, किनभने तीन लोकमा तपाईको आश्रम नै निरापद स्थान हो। यहाँ तपाईको तपस्याको प्रभावबाट दैत्य आदि प्रवेश गर्न पाउदैनन् ।'

उदारचेता मुनिले उनीहरुको प्रार्थना स्वीकार गरे । तिम्रो माताले उनलाई रोक्दै भनिन्-'नाथ! यो कार्य विरोध उत्पन्न गर्नेवाला हो। यस काममा तपाई नपर्नुहोस । तपाई त समदर्शी हुनुहुन्छ। तपाईको लागि शत्रु-मित्र बराबर छन् । अस्त्र-शस्त्र राख्नाले दैत्य र दानव तपाईसँग शत्रुता राख्न थाल्नेछन् । धरोहर-रूपमा कसैको धन राख्न साधु पुरुषहरुको लागि उचित भनिएको छैन।'

महर्षि दधीचिले भने -'देवता सृष्टिका रक्षक हुन र मैले 'हुन्छ' भनिसके, यसकारण अब 'हुदैन' भन्न अनुचित छ।'

देवता अस्त्र शस्त्र आश्रममा राखेर गए। यता दैत्य महर्षिसँग द्वेष राख्न थाले । महर्षिलाई चिन्ता भयो दैत्य निकै वीर त छन् नै साथै तपस्वी पनि। जब उनीहरुले आक्रमण गर्नेछन् तब म शस्त्रहरुको रक्षा गर्न सक्ने छैन । यस्तो सोचेर उनले अस्त्र- शस्त्रको रक्षाको लागि एक उपाय गरे । उनले पवित्र जललाई आमन्त्रित गरेर त्यसले अस्त्र-शस्त्रलाई धोएर त्यस जललाई स्वयं पिए । तेज निस्किएपछि सबे अस्त्र-शस्त्र शक्तिहीन भए । यसकारण ती विस्तारै नष्ट भए ।

धेरैसमय बितेपछि देवता महर्षिहरुको आश्रममा पुगे । उनीहरुको दानवसँग पुन: युद्ध सुरु गरेका थिए । महर्षिले देवताहरुलाई आफूले अस्त्रहरुको सुरक्षाका लागि त्यसको तेज पिएको सुनाए ।  

महर्षिले भने,' त्यो अब मेरो हड्डिमा मिलेको छ । तपाई हड्डिहरुलाई नै लिएर जानुहोस । मेरो शरीरको यो सुन्दर उपयोग हुनेछ ।'

महर्षिले योगद्वारा शरीरको त्याग गरे । विश्वकर्माले ती हड्डिहरुबाट दिव्य अस्त्रहरुको निर्माण गरे । उनी देवताहरुको विजयका कारण बने ।

सो समय माता गभस्तिनी नदी-तटमा गएकी थिइन् । पार्वतीको पूजामा लागेका कारण उनी फर्कन समय लाग्यो । सो समय उनी गर्भवती थिइन्। आश्रममा आएपछि उनले आफ्नो पतिदेवलाई देखिनन् । अग्निदेवताले सबै घटना उनलाई सुनाए । उनले पतिको कार्यको सराहना गरिन्, फेरी तिनै अग्निलाई पूजा गरेर आफ्नो पेट चिरेर हातले तिमिलाई निकालिन् । तिमिलाई हामीमाथि सुम्पेर पतिको कपाल आदिसँग उनि अग्निमा प्रवेश गरिन् । त्यस समय आश्रमका प्रत्येक प्राणी दुःखले संतप्त भएर रोए ।

दधीचि र प्रातिथेयी (गभस्तिनी) जति हामीलाई माया गर्थे त्यति हाम्रा माता पिताले पनि गर्दा थिएनन्। हामी उनीहरुको दर्शनबाट वञ्चित भयौ हामीलाई धिक्कार छ । अब यो बालक नै हाम्रो लागि दधीचि र प्रातिथेयी हो । वनस्पतिहरुले कथा सुनाउदै भने यसकारण हामी तिमिलाई पुत्र मान्छौ ।'

बालक पिप्पलादले आफ्नो कथा सुनेर धेरै दुखि भए। माताले पेट चिरेर जो उनलाई निकालेकि थिइन्, यस कुराबाट उनलाई अधिक पिडा भयो ।

उनले रुदै भने -'म अभागि हूँ, जो माताको कष्टको कारण बने। म उनको सेवा गर्न सकिन् ।'

यसपछि देवताहरुको कुकृत्यमाथि उनलाई क्रोध आयो । उनले भने -'म देवताहरुसँग प्रतिशोध लिन्छु। उनीहरुले मेरो पिताको वध गरे , अतः म उनीहरुको वध गर्नेछु।'

वनस्पतिहरुले उनलाई प्रतिशोध लिनु ठीक हुदैन भनेर सम्झाए । तिम्रो माता-पिताले विश्वको हितको लागि आत्मदान गरेका हुन् । तिमि पनि उनको पथमा हिड ।

पिप्पलादको अन्त:करणमा प्रतिशोधको भावना शान्त भएन । उनले भगवान् शंकरको प्रार्थना गरे र शत्रुहरुको नाशको लागि शक्ति मागे । भगवानले उनलाई 'कृत्या' दिनुभयो। पिप्पलादले शत्रु देवताहरुलाई खान आज्ञा दिए।  देवताहरुमा भागदौड भयो र उनीहरु भगवान् शंकरको शरणमा गए ।

भगवान् शंकरले पिप्पलादलाई सम्झाउदै भन्नुभयो - 'तिम्रो पिताले विश्वको हितको लागि आफ्नो प्राण दिएका हुन् । उनीहरु समान दयामय को हुन सक्छ ? तिम्रो माता पनि उनीसँगै पतिलोक गइन्। उनको समता कोसँग हुनेछ ? तिमि पनि आफ्नो माता-पिताको मार्गमा चल । तिम्रो प्रतापले देवता संकटमा परेका छन् । उनीहरुलाई तिमि बचाउ। यही तिम्रो कर्तव्य हो । प्रतिशोध राम्रो हैन ।'

पिप्पलाद शान्त भए । उनले भगवान् शंकरको उपदेश माने । भगवान र देवताहरुले पनि पिप्पलादलाई वरदान माग्नको लागि भने । पिप्पलादले वर माँग्दै आफ्नो माता-पितालाई हेर्न चाहे । दिव्य लोकबाट उनका माता-पिता दिव्य विमानबाट उपस्थित भए ।

उनिले भने - 'पुत्र! तिमि धन्य छौ। तिम्रो कीर्ति स्वर्गलोकसम्म पुगेको छ ।  तिमिले भगवान् शंकरको प्रत्यक्ष दर्शन गरेका छौ ।' वचन समाप्त हुदै आकाशबाट पिप्पलादमाथि फूलहरुको वर्षा हुन थाल्यो। देवताहरुले जय-जयकार गरे । (ब्रह्मपुराण)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ