arrow

भारतको अर्थतन्त्रमा छ वर्षपछि पहिलो पटक वृद्धि

logo
एएफपी,
प्रकाशित २०७६ फागुन १६ शुक्रबार
india-economic-growth.jpg

मुम्बई। भारतमा यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा छ वर्षपछि पहिलो पटक सामान्य आर्थिक वृद्धिदर देखिएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार यस वर्षको पहिलो त्रैमासिकमा आर्थिक वृद्धि दर ४.७ प्रतिशत कायम भएको देखिएको छ।

एसियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा लगानी खुम्चिँदा औद्योगिक उत्पादनमा कमी आउनुका साथै वेरोजगारी दरमा चार दशक यताकै उच्च अवस्थाको सामना गर्नुपरेको थियो। तर शुक्रबार सार्वजनिक तथ्याङ्कमा सन् २०१९ को पहिलो त्रैमासमा ०.२ प्रतिशतको आर्थिक वृद्धि भएको देखिएको छ। यो निरन्तरका सात त्रैमासपछिको पहिलो सुधारको सङ्केत हो। निम्न आर्थिक वृद्धिका कारण भारतीय अर्थतन्त्रमा सन् २०१४ पछि कूल ग्राहस्थ उत्पादन खराब रहँदै आएको थियो।

अर्थशास्त्रीहरूका अनुसार भारतले प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने लाखौँ व्यक्तिलाई रोजगारी दिनुपर्ने अवस्था रहेकाले मुद्रास्फीति दर भने सात प्रतिशतभन्दा निकै तल रहेको छ। भारतको वार्षिक आर्थिक वृद्धिदर सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीपछि गत वर्ष सबैभन्दा निम्न अर्थात् पाँच प्रतिशतमा झरेको थियो।

“यो ठूलो सङ्ख्या होइन तर विश्वको सबैभन्दा खराब अवस्था हामीभन्दा निकै पछाडि छ र भारतले सुधारमा ढिलो रफ्तार देखाइरहेको छ,” मुम्बईका आनन्द राठी सेक्युरिटिजका अर्थशास्त्री सुजन हजराले बताए। पछिल्लो त्रैमासिक तथ्याङ्कले गत डिसेम्बरमा चीनमा सुरू भएको नयाँ कोरोनाभाइरस महामारीको अन्तर्राष्ट्रिय प्रसारको समयावधिलाई समेटेको छ।

यसको प्रकोपले भारत र विश्वभरिको आपूर्तिको श्रृङ्खलामा प्रभावित गरेको छ र अन्तर्राष्ट्रिय बजारहरूलाई अनियन्त्रित गिरावटतर्फ धकेलेको छ। “निजी उपभोग बढेकोले सुधारकाका केही सङ्केतहरू देख्न सकिन्छ तर विश्वव्यापी कोरोनाभाइरसको सङ्क्रमणले भारतीय अर्थतन्त्रको अर्को त्रैमासिकमा अझ बढी चुनौती खडा गरेको छ,” हजाराले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ