arrow

गौरादह बन्यो ग्रामीण नमुना बजार 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७६ फागुन १८ आइतबार
gauradaha3.jpg

गौरादह । झापा जिल्लाको ग्रामीण बजार मध्येकै एक पुरानो बजार गौरादह व्यवस्थित हुने कार्य अन्तिम चरणमा पुगेको छ  । नगरपालिकाको वडा न १ र २  मा पर्ने गौरादह हाट बजार  व्यवस्थित बनाइएको छ ।  पुरानो बजारमा रहेका  अस्थाई टहराहरु  र बोट बिरुवा हटाइ व्यवस्थित बजार बनाउने  कार्य अब अन्तिम चरणमा पुगेको छ ।

बजारलाई व्यवस्थित गर्न  गौरादह नगरपालिकाले दुई चरणमा बजेट  बिनियोजन गरि निकासा गरेको ३० लाख रकमबाट बजारक्षेत्रमा भएका अस्थाइ टहरा र बजार छेत्रका  बोट बिरुवा हटाउनुका साथै  बजारलाइ सम्याएर  १० वटा स्थायी टहराहरु बजार छेत्रमा निर्माण गरिएको छ । 

सुव्यबस्थित बजार निर्माण परियोजना अन्तर्गत बजारको  मध्यभागमा ब्लक लगाइएको छ र केही बोट बिरुवा लगाइएको छ । यो परिदृस्यले बजार केही आकर्षक र मनमोहक देखिएको छ । यसका अलाबा बजारको बाहिरी भागमा थप  बोट बिरुवा लगाउने योजना छ ।

 बजारको बाहिरी वरिपरि  फुटपाथ निर्माण, अन्डरग्राउ ड्रेन निर्माण,  बजार दक्षिण भागका  स्टेज निर्माण गरिनुका साथै घण्टाघर स्थापना गर्ने बजारको दिर्घकालिन योजनामा उल्लेख भएको बजार ब्यबस्थापन समितिका अध्यक्ष खड्ग थापाले बताए  । सुरक्षाका निमित्त बजार वरिपरि सोलार बत्ती  र सिसि टिभी क्यामेरा जडान गरिएको छ  ।      

प्रदेश सरकारबाट सुब्यबस्थित  बजार निर्माण कार्यका लागि गरिएको सहयोग रकम सहित कुल  २ करोड ६७ लाख लागतमा  परियोजना सन्चालित छ  ।

गौरादह बजारलाई आकर्षक र नमुना बजारको रुपमा रुपान्तरण गर्दै नगरको भित्री बजार क्षेत्रलाई सुव्यवस्थित बनाउने नगरको  योजना अनुरुप गौरादह बजारलाई आकर्षक बनाइएको गौरादह नगरपालिकाका नगर प्रमुख  रोहित कुमार साहले बताए ।

उनले बजारलाई व्यवस्थित बनाउन छुट्टै पशु बधशाला निर्माण गरिने  , साथै वडा न २ मा रहेको श्री अ्मर आधारभुत  विद्यालयको जग्गा लिजमा लिएर कृषि थोक बजार निर्माणकार्य पनि अन्तिम चरणमा पुगेकोले अब उक्त कृषि थोक बजार पनि चाडै  सुचारु रहने बताए ।  

भविष्यमा डिपु चोकदेखि  बजार सम्मको स्थानलाई  स्मार्ट  बजार बनाइने  र रात्री कालिन समयमा पनि बजार खुल्ला हुने ब्यबस्था गराउने नगरको योजना रहेको नगरप्रमुख साह बताउँछ्न् ।  

हाल गौरादह बजारको मध्यभागमा ग्रामिण सहरी विकास परियोजना भद्रपुरको आर्थिक सहयोगमा ब्यबस्थित ढल तथा सडक निर्माण कार्य निर्माणाधिन अवस्थामा रहेको नगर प्रमुख बताउँछ्न्। 

त्यस बाहेक बजारको भित्री भागमा अब्यबस्थित रुपमा बिस्तार भएका बिजुली ईन्टरनेट केबल तथा विभिन्न सेवा प्रदायक कम्पनिका तार हरुलाइ ब्यबस्थित गराउन बजारबासी हरुले वडाको पहलमा विद्युत प्राधिकरण समक्ष अनुरोध गरेको गौरादह बजार ब्यबस्थापनका सदस्य टंक बोहराले बताए ।

संघीयता सगै मुलुकले बिकासको गति प्राप्त गरेको अवस्थामा  देशको राष्ट्रिय राजनीतिको  मुख्य भुमिकामा रहेका ब्यक्तिहरुको स्थायी बसोबास रहेको  झापा जिल्लाको दक्षिणपश्चिम नगरको  गौरादह बजार  नमुना बजारको रुपमा विकसित हुने कार्य अन्तिम चरणमा पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ