arrow

निजामती कर्मचारी युनियन संघको भेला तथा मित्र मिलन

logo
रमेश विश्वकर्मा, 
प्रकाशित २०७६ फागुन १८ आइतबार
88331230_550938705780612_1733370327318134784_n.png

गुल्मी । नेपाल निजामती कर्मचारी युनियन (संघ) जिल्ला कार्यसमिति गुल्मीले जिल्ला भेला तथा मित्र मिलन कार्यक्रम गरेको छ । जिल्लाको उपल्लो तम्घास बालउद्यानमा जिल्ला भेला तथा मित्र मिलन कार्यक्रम गरेको हो । 

नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले कांग्रेस पराजित हुँदा प्रजातन्त्र नै कमजोर बनाएको बताए । 

यो सरकारले नागरिकहरुले ठुलो बलिदानबाट प्राप्त गरेका नैसर्गिक अधिकारमाथि एक पछि अर्को गर्दै प्रहार गरेको आरोप लगाए । साथै उनले संवैधानिक अङ्गहरु सरकारको छायाँ बनेको आरोप लगाए । यसका विरुद्ध पनि अब सबैले जनजनमा वर्तमान सरकारका कर्तुतहरु पुर्याउन आवश्यक रहेको बताए । 

नेपाल निजामति कर्मचारी युनियन (संघ) पाँच प्रदेशका अध्यक्ष मदन गौतम, नेपाली कांग्रेसका सचिवद्वय खिलध्वज पन्थी, बिष्णु कुमारी सापकोटा, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष जयश्वर पन्थी, गुल्मी दरबार गाउँपालिका अध्यक्ष अशोक कुमार थापा, तरुण दल गुल्मीका अध्यक्ष भरत भलामी, नेपाल स्वास्थ्यकर्मी युनियन ९संघ० का अध्यक्ष श्याम सुन्दर पोखरेल, रेसुङ्गा नगरपालिकाका वडाअध्यक्षहरु, नेपाल निजमति कर्मचारी युनियन संघका पूर्व अध्यक्ष हरि प्रसाद ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

नेपाल निजामति कर्मचारी युनियन (संघ) गुल्मीका अध्यक्ष मेघलाल पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष खिम बहादुर अधिकारीको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल निजामति कर्मचारी युनियन (संघ) गुल्मीका पूर्व सचिव तथा निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन गुल्मीका कोषाध्यक्ष टंक प्रसाद पन्थीले गरेका थिए । 

कार्यक्रममा कंग्रेस निकट विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल निजामति कर्मचारी युनियन संघमा आवद्ध निजामति कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ