arrow

बडिगाडको टुनिबोटमा पहिलो पटक बस पुग्यो, स्थानीयमा खुशीयाली

logo
कौरव खत्री,
प्रकाशित २०७६ फागुन १९ सोमबार
bus_(2).jpg

गुल्मी । बागलुङको बडिगाड गाउँपालिका वडा.न.७ टुनिवोटमा पहिलो पटक बस पुगेपछि स्थानीयबासीहरु खुशी भएका छन् । आइतवार बसको उद्घाटन गदै प्रमुख अतिथि बडिगाड गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष कृष्ण गुरुङले यस क्षेत्रका स्थानयबासीहरुलाई विभिन्न स्थानमा यातायात मार्फत आवत जावतमा सहयोग पुग्ने बताए ।

साथै  अध्यक्ष गुरुङ्गले यातायातको विकासले यस ठाउँमा थप इटा थपेको भन्दै बस उद्घाटनले मात्र नहुने हुदा निरन्तर बस सेवा सञ्चालन गर्न सबैले साथ र सहयोग आवाश्यक हुनु पर्ने बताए ।

सोही अवसरमा जनक आधारभूत विद्यालयका अध्यक्ष दुर्गाराज पाईजा, गाडी सह–चालक हरि पोखरेल लगायतले  शुभकामना मन्तव्य राखेका थिए ।
बस उद्घाटनमा जनप्रतिनिधि,पश्चिम नेपाल बस व्यवसायी समिति प्रालिका कर्मचारी,धौलागीरी बस व्यवसायी समितिका कर्मचारी,युरो डिलक्स बस समितिका कर्मचारी,बस मालिक, बस चालक, सह–चालक, लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

बस उद्घाटनमा गाडी चालक र सह–चालकलाई पैसाको मालाले सम्मान गर्दै  गरिएको थियो । बडिगाड गाँउपालिका ७ को टुनिबोट देखि बुटवल सम्मका लागि निरन्तर बस सेवा सुचारु गर्न पश्चिम नेपाल बस व्यवसायी समितिका कर्मचारी बुद्ध रायमाझीले बिल र चलानी किताव टिकट काउन्टरका चन्द्र गुरुङ्गलाई हस्तान्तरण गरेका थिए ।

साथै अव केही समयपछि बडिगाड गाँउपालिका ७ को टुनिबोट देखि  काठमाडौंको लागि पहल भइरहेको छ । अव बुटवललाई दिवा सेवाको लागि बिहान ७ः०० बजे र रात्री सेवाको लागि दिउँसो ३ः०० बजे गाडी छुट्ने जनाइएको छ । उद्घाटन कार्यक्रममा बाजागाजा सहित भव्य बस उद्घाटन गरिएको थियो ।

कार्यक्रम समाजसेवी एवं ज्येष्ठ सदस्य पञ्चवीर पाईजाको अध्यक्षता तथा  बडिगाड गाउँपालिका ७ का वडा अध्यक्ष कृष्ण गुरुङ्गको प्रमुख आतिथ्यता र समाजसेवी मन प्रसाद घर्तिको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन द न्यु डिभाईस क्लबका अध्यक्ष दिल गुरुङ्गले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ