arrow

टिपरले ठक्कर दिएर मार्यो हजुरबुबा नातिनीलाई 

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
accident-final.jpeg

विरानगर । विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको  टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । 
    
टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनकी छ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताए । 

घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । 

दुर्घटना गर्ने  टिपर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ