arrow

कोरोना भाइरसः बागलुङमा पूर्व निर्धारित कार्यक्रमहरु स्थगित

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
Teacher-sang.jpg

बागलुङ । विश्वभर फैलँदो नोभल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई लक्षित गरी बागलुङमा पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरेका छन् । 

हाल काठमाडौं लगायतका विभिन्न शहरहरुमा यसको बारेमा निकै चर्चा चलेको र शंकास्पद व्यक्तिलाई जाँच गर्नुका साथै यसको जोखिम बढ्दै गएको चर्चा आउन थालेपछि जिल्लामा विभिन्न संघ संस्थाले आयोजना गरेका सभा सम्मेलन र अन्य समारोहहरु स्थगित गरेका छन् । 

यही फागुन २४ र २५ गते सदरमुकाममा नेपाल शिक्षक संघ बागलुङले आयोजना गरेको १९ औं जिल्ला प्रतिनिधि सभा स्थगन गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन मार्फत अर्को सुचना नआउने समय सम्मका लागि स्थगित गरेको जानकारी गराएको छ । 

कोरोना भाईरस संक्रमण हुने सम्भावना र स्वास्थ्यलाई मध्यनगर गरी नेपाल सरकारले आम नागरिकलाई सतर्क हुन गरेको आग्रह बमोजिम पुर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलले बताए । 

हामीले फागुन २४ गते महिला शिक्षकका लागि प्रशिक्षण र २५ गते जिल्ला प्रतिनिधि सभाको कार्यक्रम तय गरेका थियौं । अध्यक्ष पौडेलले भने, ‘सरकारको सभा सम्मेलन नगर्ने आग्रह बमोजिम पुर्व निर्धारित कार्यक्रमलाई हामी स्थगित गरेका छौं । यो संक्रमणबाट जोगिनका लागि हामी शिक्षक विद्यार्थीलाई माझ सचेतनाका कार्यक्रम गरेर अगाडी बढने छौं । नयाँ कार्यक्रमका लागि अर्को सुचना जारी गर्ने छौं ।’ 

शिक्षक संघले जिल्लाका १० वटै स्थानिय तहमा प्रतिनिधि भेला सम्पन्न गरी जिल्ला प्रतिनिधि सभाको आयोजना गरेको थियो । 

प्रतिनिधि सभामा जिल्लाका सवै स्थानिय तहबाट एक हजार जना प्रतिनिधि सहभागि हुने कार्यक्रम रहेको थियो । कार्यक्रममो मुख्य समारोहमा नेपाली काँग्रेसका बरिष्ठ नेता एवं पुर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल र शिक्षक संघका केन्द्रिय महासचिव लगायतका नेताहरु आउने तय भएको थियो । 

त्यस्तै नेपाल महिला संघले पनि आफनो पुर्व निर्धारित कार्यक्रमलाई स्थगित गरेको छ । संघले पनि विभिन्न स्थानिय तहमा संगठन विस्तार तथा अभिमुखिकरण कार्यक्रमका साथमा अगामी फागुन २५ गते अन्तिराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजना गरेको सवै कार्यक्रम स्थगित गरेको नेपाल महिला संघ बागलुङका जिल्ला अध्यक्ष शकुन्तला शर्माले जानकारी दिईन । 

संघले बागलुङ बजारमा आयोजना गर्न लागिएको खुल्ला नगरपालिका स्तरीय बक्तृत्वकला कार्यक्रम समेत स्थगित गरेको छ । त्यस्तै जिल्लामा अन्य संघ संस्थाहरुले पनि आफ्ना सभा समारोहहरुलाई स्थगित गरेका छन । 

सभा सम्मेलन नगर्न प्रशासनको आग्रह
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण हुने संभावना र स्वास्थ्यलाई मध्यनजर गर्दै जिल्ला प्रशासन बागलुङका जिल्लामा कुनै पनि सभा समारोह नगर्न आग्रह गरेको छ । 


बुधबार सरोकारवालाहरु संगको जिल्ला स्तरीय बैठकले जिल्लामा सभा समारोह, भोज भतेर, वार्षिकोत्सव, महोत्सव, यज्ञ, खेलकूद कार्यक्रमहरु नगर्न आग्रह गरेको हो । 

विश्वभर महामारिको रुपमा फैलदै गरेको भाइरस सक्रमणलाई लाक्षित गरी जिल्लामा उच्च सर्तकता अपनाउने, सरकारी तथा निजी अस्पतालमा आइसोलेसन कक्षको स्थापना गर्ने, हरेक स्थानीय तहमा कोरोना भाइरस संक्रमणका लागि सेचतनामूलक कार्यक्रम गर्ने लगायतको निर्णय भएको प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए । शैजुका अनुसार जिल्लामा भर्ररै आत्तिनुपर्ने अवस्था नभए सरकारको निर्णय अनुसार उच्च सर्तकता अपनाउन थालिएको हो । 

कोरोना भाइरसको संक्रमणलाई लक्षित गरी धौलागिरी अञ्चल अस्पतालमा दुईवटा बेड भएको आइसोलेसन कक्ष स्थापना गरेको र अस्पतालमा रुघा, खोकी तथा ज्वरोका विरामीहरुलाई परामर्श गर्न थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि.क पोखरेलले जानकारी दिए । डाक्टरका अनुसार  बाहिर जिल्ला तथा विदेशवाट आएका नेपालीहरुले स्वास्थ्य परिक्षण गर्न अवाश्यक रहेको भन्दै कोरोनाको शंका देखिए नमूना परिक्षणका लागि काठमाण्डौं पठाइने बताए । 

चीनको वुहानबाट शुरु भएको भाइरल प्रकोप विश्वका ७७ देशमा फैलिसकेको छ भने त्यसवाट तीन हजार दुई सय भन्दा बढीले ज्यान गुमाईसकेको तथ्याङक सार्वजनिक भैसकेको छ । 

यसको जोखिममा नेपाल पनि रहेको चिकित्सकहरुले बताएका छन ्। ‘नेपाल पनि कोरोना भाइरसको जोखिममा छ,’ डा पोखरेलले भने,‘ विश्वव्यापी रुपमा फैलन थालेको यो भाइरस यो वर्ष सर्वप्रथम चीनको वुहान शहरमा देखिएको हो । वुहानमा घुमफिर गर्ने क्रममा यो भाइरसको संक्रमण बढेको पाइएको उनले बताए । यो नयाँ भाइरसका रुपमा देखिएको हो । 

 ‘यो एउटा नयाँ भाईरस हो,’ डा.पोखरेलले भने, ‘सरुवारोगको रुपमा देखिएको यो भाईरस जुनोसिस अर्थात जनावरबाट फैलने भाईरस हो।’ सुरुआतमा जनावरबाट मानिसमा सरेको थियो। अहिले भने मानिसबाट मानिसमा सर्न थालेको छ । जसले गर्दा चीनमा संक्रमितको उपचार गरिरहेका केही स्वास्थ्यकर्मिको मृत्यु भएको छ भने केही विरामी परेका छन् । 

डा. पोखरेलका अनुसार यो भाइरस नेपालमा पनि सर्ने जोखिम रहेको बताउँछन्। ‘वुहान गएका र त्यहाँबाट आएका प्रायः मानिसमा यो भाईरसको संक्रमण देखिएको हुँदा नेपालमा पनि नआउला भन्न सकिन्न,’ उनले भने, सर्तकता अपनाउने, लक्षण देखिना साथ अस्पताल पुग्ने, साबुन पानीले हात धुने,  भीडभाडमा नजाने लगायतका कार्यगर्न प्रशासनले आग्रह गरेको छ ।

नेपाल सरकारले चैत्र ५ गते सम्म सबै विद्यालय स्तरीय परिक्षा सक्नका लागि समेत निर्देशन गरिसकेको अवस्थामा विद्यालयमा हुने सभा, तथा वार्षिकोत्सव नगर्न समेत आग्रह गरिएको छ । आग्रहको पालना नभएमा प्रशासनको सहयोग नरहेने बताइएको छ । जिल्लामा कोरोना संक्रमण फैलन नदिनका लागि स्वास्थ्य कार्यालयले पनि सचेतना मुलक कार्यक्रमको तयारी गरेको छ ।

कार्यालयले फागुन २९ र ३० गते दश वटै पालिका प्रमुखहरुलाई  भेला गर्न लागिएको स्वास्थ्य  कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए । नोभल कोरोना भाईरसबाट बच्नका लागि हात नमिलाउने, नियमीत सावुन पानीले हाँत धुने, घर पालुवा पशुपन्छीको सम्र्पकबाट टाढा रहने, हाछ्यु गर्दा मुख छोप्नुपर्ने तथा मासु तथा अण्डा राम्ररी पकाएरमात्र खाने, नियमित पानी अथवा तरल पदार्थ खाई राख्नुपर्दछ । यदि कोही कसैलाई १०४ डिग्रि भन्दा बढी ज्वारो आउने, स्वास्प्रस्वासमा समस्या भए तथा रुखा खोकीलोगेमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने स्वास्थ्यकर्मिहरु बताउँछन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ