arrow

सुशील कोइराला सोसलिष्ट युथ सर्कल बागलुङको अध्यक्षमा दिपक सुवेदी

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
Deepak-Subedi-(2).jpg

बागलुङ । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति स्व.सुशील कोईरालाको सम्झनामा स्थापित सुशील कोईराला सोसलिष्ट युथ सर्कल बागलुङको अध्यक्षमा विद्यार्थी नेता दिपक सुवेदी चयन भएका छन् । 

सुवेदीलाई सर्कलका केन्द्रीय अध्यक्ष तारा बहादुर थापाले एक कार्यक्रमका विच जिल्ला कार्यसमितिको अध्यक्ष पदको जिम्मेवारीको पत्र हस्तान्तरण गरेका छन् । 

लामो समयदेखी नेविसंघको राजनितिमा क्रियाशिल विद्यार्थी नेता सुवेदी धौलागिरी बहुमुखी क्याम्पसको नेविसंघको ईकाई सचिव हुन् । 

उनी विद्यार्थीबीच लोकप्रिय व्यक्तिको रुपमा परिचित छन् । समितिको अन्य पदाधिकारी र सदस्यहरुको भने छलफल पछि टुंगो लाग्ने बताईएको छ ।
 
आफुले जिम्मेवारी समाल्दै सुवेदीले स्वर्गिय सुशील कोईरालाले देखाएको बाटोमा आम युवाहरु हिड्नका लागि सर्कलले प्रेरित बनाउने विश्वास रहेको बताए ।  

उनले युथ सर्कल मार्फत युवाहरुको क्षमता र नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम संचालन गर्न प्रतिवद्धा व्यक्त गरे सुवेदीले जिल्ला कार्यसमितिलाई पुर्णता दिने क्रममा सवै युवाहरुको छलफलबाट प्रतिनिधित्व हुनेगरी कार्यसमितिलाई पुर्णता दिने जानकारी दिए । 
 
कार्यक्रममा युथ सर्कलका केन्द्रिय अध्यक्ष ताराबहादुर थापाले नेपालको संविधान जारी गर्ने संविधानका पिता समेत भनेर चिनिने स्व. सुशील कोइरालाले देखेको सपनालाई युवाहरुले साकार पार्नका निम्ती युथ सर्कलको स्थापना गरिएको बताए । 

उनले युथ सर्कल मार्फत काँग्रेसभित्र देखिएको विकृति र विसंगतिको अत्यका लागि पनि प्रयास गर्ने बताए । युथ सर्कलको हाल देशका १६ वटा जिल्लामा जिल्ला समिति गठन भै सकेको छ । 

कार्यक्रममा नेपाल महिला संघ बागलुङका जिल्ला अध्यक्ष शकुन्तला शर्मा, गिरिजाप्रसाद कोइराला फाउण्डेशनका जिल्ला संयोजक महेन्द्रप्रसाद कंडेल, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु सभापति मनिष थापा लगायतले बोलेका थिए । 
कार्यक्रमको संचालन त्रिवी केन्द्रीय क्याम्पस नेविसंघका ईकाइ सभापति कृष्ण शर्माले गरेका थिए । 

सन् १९३९ विराटनगरमा जन्मिएका स्व. कोइराला पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका थिए भने काँग्रेसको १२ औं महाधिवेशनबाट सभापतिमा विजयी भए । 

कोईराला  २०७० माघमा नेपालको ३७ औं प्रधानमन्त्रीको निर्वाचित भएका थिए । 

उनले वि. सं. २०७२ माघ २६, काठमाण्डौको महाराजगञ्ज स्थित आफनै निवासमा निधन भएको थियो । 

कोइराला सन्त राजनीतिक नेताका रूपमा पनि परिचित थिए । उनकै सम्झनामा युथ सर्कलको स्थापना गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ