arrow

कोरोनाका कारण स्याङ्जामा मेला, महोत्सव र सम्मेलनमा रोक

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
corona-virus-awareness.jpg

स्याङ्जा ।  विश्वभर बढ्दै गएको कोराना भाइरस (कोभिड—१९) को संक्रमण र सन्त्रासले स्याङ्जामा पार्न सक्ने प्रभावका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले पुर्व तयारी अनुरुप ५ ओटा निर्णय गरेको छ ।

 जिल्लाका सरकारी कार्यालय, जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था लगायतको सहभागितामा जिल्लामा अर्को निर्णय नभए सम्मका लागि मेला, महोत्सव, सम्मेलन लगायतका कार्यक्रम नगर्न अनुरोध गरेको छ । कोभिड—१९ का बारेमा हरेक स्थानीय तहका स्वास्थ्य शाखाबाट जनचेतामुलक कार्यक्रम संचालन गर्ने निर्णय सगै जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य चौकी र सबै स्थानीय तहका स्वास्थ्य शाखाहरु तयारी अवस्थामा रहन समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।

माहामारी विपद व्यवस्थापनका लागि भाइरल, इन्फ्ल्युन्जा, ज्वरो, रुघाखोकी, निमोनिया जस्ता सरुवा रोगको माहामारी रोक्न सबै स्वास्थ्य संस्था र कर्मचारीलाई तयारी अवस्थामा रहिरहन आग्रह गरिएको प्रजिअ कुरुम्बाङ्ले बताए । समितिले जिल्ला अस्पताल, प्रथामिक स्वास्थ्य केन्द्रमा छुट्टै वाडको व्यवस्था गरिराख्न पनि निर्देशन दिएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिले पुर्व तयारी बारे छलफल गरेर केही निर्णयहरु गरेका छौं प्रजिअ कुरुम्बाङ्ले भने,“संक्रमण र विपद व्यवस्थापनका लागि स्वास्थ्य कार्यालयलाई कार्ययोजना तयारी गर्दै छ ।” सो कार्ययोजना अनुसार जिल्ला विपद व्यवस्थापन समिति अगाडी बढ्ने छ उनले भने । समितिले संघिय सरकारको निर्देशन अनुसार बार्षिक परिक्षा चैत्र ५ गतेभित्र सक्ने गरी जिल्लाका सबै विद्यालयहरुलाई अनुरोध समेत गरेको छ ।

यता कुनै सभा सम्मेलन नगर्न आग्रह गरिएपनि शुक्रवार भुमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भने वालिङमा रहेको नव निर्मित नापी शाखा भबनको उद्घाटन रोकिएको छैन । यस बारे जानकारी बुझ्दा प्रजिअ कुरुम्बाङ्ले उद्घाटन समारोहमा कोराना भाइरस बारे जनचेता फैलाउने गरी कार्य योजना तयार भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ