- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसले विश्वको जनजीवन अस्तव्यस्त भएको छ । निकै खतरनाक बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण एक देश र अर्को देशबीचको सम्बन्ध बिग्रने सम्भावना उत्तिकै बढेको छ ।
यसबाट भारत पनि अछुतो छैन । भारतमा अहिलेसम्म ३१ संक्रमित भेटिएका छन् । पछिल्लो पटक शुक्रबार दिल्लीमा पनि एक संक्रमित फेला परेका छन् ।
भारतको केन्द्र सरकारले सबै कार्यालयमा बायोमेट्रिक हाजिरी पनि मार्च ३१ तारिखसम्म रोक लगएको छ ।
विदेशबाट आउने ३० एयरपोर्टमा स्क्रिनिङ थालेको छ ।
अहिले गत महिना भारत छिरेका ४५० इरानी नागरिकहरुलाई सरकारले खोजिरहेको छ ।
इरानमा कोरोनाको स्थिति गम्भीर छ ।
शुक्रबार मध्यरातसम्म कोरोनाका कारण मृतकको संख्या ३,४११ जना रहेका छन् । १ लाख ६८५ संक्रमित देखिएका छन् ।
५५ हजार ७५३ जना भने निको भएर अस्पतालबाट घर फर्केका छन् ।