arrow

बैंकको सहयोग नपाए टाट पल्टिने अवस्थामा चिनियाँ कम्पनी

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ फागुन २४ शनिबार
china-economy-corona-virus.jpg

काठमाडौं। चीनको सबैभन्दा ठूलो कार डिलरका निर्देशक ब्रिगिटाको विकल्प कम सकिँदै गएका छन्। उनको कम्पनीको १०० विक्री शाखा करिब १ महिनाभन्दा लामो समयदेखि बन्द छन्। कोरोना भाइरसको प्रकोपसँगै कम्पनीको मुद्रा सञ्चिति पनि घटिरहेको छ। साथै बैंकहरुले पनि ऋण उठाउने मिति पनि पर सारेका छन्। उनीहरुले अर्बौंको रकम उठाउन सकेको छैन। यसले पनि चीनको हालत कारोरोना भाइरसको कारण अहिले नाजुक बनिसकेको स्पष्ट हुन्छ।

‘हामीले अहिले आफ्नो ऋण चुक्ता गर्‍यौं भने त्यो हाम्रा लागि निकै नराम्रो हुनेछ’,ब्रिगिटा भन्छिन्। उनको कम्पनीमा अहिले १० हजार कर्मचारीहरुले काम गर्दै आएका छन्। साथै यो कम्पनीले मध्यमदेखि उच्च ब्राण्डका कार विक्री गर्दै आएको छ। जसमा बीएमडब्ल्यूजस्ता कारहरु पनि छन्। उनलाई केवल पहिलो नामबाट मात्र चिनिन्छ र यो नाम नै प्रयोग गरिन्छ। कम्पनीले उनलाई सञ्चारकर्मीसँग कुरा गर्ने अधिकार दिएको छैन, त्यसैले उनको पहिचान लुकाइएको हो। 

अहिले पनि चीनको अधिकांश अर्थतन्त्र सरकारको भनेअनुसार नै चलिरहेको छ। अहिले चीनले कोरोना भाइरसलाई नियन्त्रणको प्रयास गरिरहेको छ। अहिले यो भाइरसबाट एक लाख भन्दा बढि भेरै मानिसह संक्रमित भइसकेका छन्। यसबाट चीनमा लाखौं कम्पनी प्रभावित बनिसकेका छन्। ती सबै कम्पनीहरु अहिले कुनै पनि बेलामा ढल्न सक्ने अवस्थामा छन्।

यसै महिना चीनको साना तथा मझौला कम्पनीमा गरिएका एक सर्वेक्षणले सहभागीमध्ये एक तिहाइसँग यो महिनाको लागि मात्र खर्च गर्न पुग्ने रकम रहेको पाइएको थियो। त्यसमध्ये अर्को एक तिहाइले खर्च दुई महिनाभित्र सकिने बताएका थिए। यस्ता केवल ३० प्रतिशत कम्पनीले मात्र आफ्नो सेवा शुरु गर्न सकेका छन्। सरकारको जटिल अनुमतिको प्रक्रियाका साथै कर्मचारी र वित्तीय अभावको कारण अन्य कम्पनीले आफ्नो सेवा शुरु गर्न सकेनन्।

चीनको केन्द्रीय बैंकले आफ्नो ब्याजदरमा पनि कटौती गरेको छ। बैंकहरुलाई ऋण दिन निर्देशन जारी गरेको छ। साथै कम्पनीहरुलाई आफ्नो सेवा शुरु गर्न बनाइएको मापदण्ड पनि केही खुकुलो बनाएको छ। चीनका धेरै निजी व्यवसायहरुले भने अहिलेसम्म ऋण तथा कर्मचारीको तलबको लागि रकम जम्मा गर्न नसकेको बताएका छ । कुनै वित्तीय सहयोग वा चिनियाँ अर्थतन्त्रमा कुनै चमत्कापूर्ण सुधार नआए यसमध्ये केही कम्पनी बन्द हुने अवस्थामा पुगिसकेका छन्। यदि चीनले पहिलो त्रैमासमा भाइरसलाई नियन्त्रणमा लिन सकेन भने अत्यधिक संख्यामा साना कम्पनी बन्द हुने चीनको बेइजिङस्थित चोङघेयिङटाइ म्यानेजमेन्ट कन्शल्टेन्टका एक विश्लेषकले बताए।

चीनमा ६० प्रतिशतको अर्थतन्त्र र ८० प्रतिशतको रोजगारी दिइरहेका निजी व्यवसाय अहिले आवश्यक कोष जुटाउन संघर्ष गरिरहेका छन्। चीनका ८ करोड साना व्यवसायमध्ये करिब दुईतिहाइले सन् २०१८ यता ऋण पाउन सकेका छैनन्। चीनको वित्तीय तथा विकास संस्थाको तथ्यांकले यस्तो देखाउँछ। अबको दिनमा उनीहरु कसरी चीनमा टिक्न सक्लान् भन्ने चासोको विषय बन्न पुगेको छ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले अर्थतन्त्रमा सुधारको लागि आफ्नो ध्यान केन्द्रित गरेका छन्। उनले त्यसका लागि आर्थिक नीति बलियो किसिमको ल्याई निर्माणका योजना अघि बढाउन जोड दिएका छन्। साथै व्यावसायिक क्षेत्रका दातालाई प्रेरित गर्ने किसिमको कदम चाल्नका लागि आग्रह गरेका छन्।

चीनको वित्तीय क्षेत्रले गरेको सहयोगको कारण अहिलेसम्म चिनियाँ कम्पनीले कोरोना भाइरससँग लडिरहेका छन्। चीनको सबैभन्दा ठूलो ऋण दाता बैंक इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइनाले करिब ५ प्रतिशत साना व्यावसायलाई मात्र राहतको योजना अघि सारेको छ।

बैंकले कोरोना भाइरससँग लड्न ७७ करोड डलर रकम तयार पारेको छ। उसले यी रकम कम्पनीहरुलाई आफ्नो व्यवसाय उकास्न ऋण प्रदान गर्नेछ। बैंकले साना व्यवसायको पनि आवेदन प्रक्रिया पूरा गरेर आएको खण्डमा प्रमाणित गरिने बताएको छ।

चिनियाँ बैंकहरुले करीब ७ खर्ब ९४ अर्ब चिनियाँ यआन बराबरको रकम कम्पनीहरुलाई ऋणको रुपमा प्रदान गर्ने तयारी गरिरहेको छ। यसमा विदेशी बैंकले पनि सहयोगको वचन दिएका छन्। चीनमा सिटीग्रुपजस्ता विदेशी बैंकहरुले पनि काम गर्दै आएका छन्। साथै उनहरुले आफ्नो ऋणको लागि ब्याजदर पनि घटाएका छन्।

यो हिसाबमा हेर्ने हो भने चीनको साना व्यवसायहरुले समग्रमा प्रत्येक त्रैमासमा करिब ३६९ खर्ब युआनको ब्याज बुझाउनुपर्ने  देखिएको छ। यो विषयसँग जानकार एक व्यक्तिका अनुसार अहिले चीनले ऋणको लागि केही मापदण्ड बनाएको छ। यो मापदण्ड पूरा गरेपछि केही मात्र कम्पनीको नाम निस्किन्छ र उनीहरुले केन्द्रीय बैंकले दिने विशेष ऋण पाउन सक्छन्। तर, स्थानीय सरकार र बैंकहरुले भने उक्त रकममा अंकुश लगाएका छन्। चीनको सबैभन्दा ठूलो ब्रोकरेजका एक बैंकरका अनुसार अहिले कम्पनीहरुले लिन लागेको ऋणमध्ये कम्तीमा १० प्रतिशत ऋण भाइरससँग लड्दैमा सकिने बताएका छन्। 

यस्तोमा कार डिलरलाई भने निकै कम मात्र सहयोग आउनसक्ने देखिन्छ। ब्रिगिटाका अनुसार उनको कम्पनीले दुई महिनाको लागि भुक्तानीको अवधि बढाएको छ। उनको कम्पनीले एक दर्जनभन्दा बढी बैंकहरुलाई भुक्तानी बुझाउन बाँकी छ। उनको कम्पनीले अझै पनि आफ्ना कर्मचारीलाई तलब भने दिइनै रहेको छ। 

तरलता
भाइरस शुरु हुनुभन्दा पहिला दिइएको मापदण्डभन्दा अहिले धेरै कम्पनीहरु कमजोर बनिसकेका छन्। विशेषगरी व्यापार युद्ध र ऋणको संकटले समस्यामा परेका यी कम्पनीहरु अहिले भाइरसको चपेटामा परेका हुन्। गत वर्ष देखिएको विभिन्न आर्थिक समस्याको कारण चीनको आर्थिक वृद्धिदर पनि ३० वर्षयताकै कमजोर बन्न पुगेको थियो। अहिले सबैभन्दा जोखिममा देखिएको व्यवसाय क्याटरिङ्ग र रेस्टुरेन्ट हो। त्यसका साथै ट्राभल एजेन्सी, एयरलाइन्स। होटल र सपिङ मलको व्यवसाय पनि संकटमा परेको छ।

सांघाईको साततले मलकी म्यानेजर याङ आफूलाई १५० कोठा भएको होटलले अहिले व्यवसाय निकै कमजोर बनेको कारण एक महिनाको भाडा मिनाहा गरिदिन आग्रह गर्ने गरेको बताउँछिन्। उक्त मलको मसाज पार्लरले पनि त्यस्तै किसिमको समस्याको सामना गरिरहेको उनको अपेक्षा छन्। उनीहरुले पनि त्यस्तै सहयोग माग्नसक्ने उनले बताइन्।

चीनको अन्हुई प्रान्तमा साना विकासकर्ताको वित्तीय निर्देशकले अहिलेको मापदण्डमा आफ्नो कम्पनीले ऋण पाउन नसक्ने बताए। पछिल्लो समय घट्दो क्रममा रहेको व्यापारले कम्पनीको ऋण दिनसक्ने क्षमता पनि घटाइसकेको उनको भनाइ छ। कुनै ऋण सहयोग नपाए उनको व्यवसाय अब ४ महिनासम्म मात्र चल्न सक्छ। त्यो भन्दा बढी समयसम्म चलाउनका लागि भने ऋणको किस्ताको मिति बढाउनुपर्ने हुन्छ।

रेटिङ कम्पनी एसएण्डपीका अनुसार विश्वभर घोषणा गरिएको आपतकालीन अवस्थाको कारण बैंकिङ प्रणालीको खराब कर्जाको अनुपात ६ दशमलव ३ प्रतिशत पुग्ने अनुमान छ। जसमा ५६ खर्ब युआनको खराब कर्जा बढ्नेछ। यो चीनको लागि अर्को टाउको दुखाइको विषय हो।

चीनको मेई केटीभीका मालिक वु हाईले आफ्नो व्यवसाय बन्द भएको बताएका छन्। चीनभर यसको १०० बार छन्। सरकारले भाइरसको कारण यो व्यवसाय बन्द गराएको हो। उनले सामाजिक सञ्जालमा यदि सरकारले विशेष ऋण दिन्छ भने मात्र आफूले व्यवसाय खोल्न सक्ने बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ