arrow

नेपाली कांग्रेस डोटीको क्षेत्रीय वैठक वोगटानमा सम्पन्न

logo
प्रकाशित २०७६ फागुन २४ शनिबार
nc-meeting-doti-village.gif

डोटी। नेपाली कांग्रेस डोटीको क्षेत्रीय वैठक वोगटान फुड्सिल गाउँपालिकामा सम्पन्न भएको छ। नेपाली कांग्रेस क्षेत्र नम्वर दुईको क्षेत्रीय वैठक शुक्रबार वोगटान फुड्सिल गाउँपालिकाको चवराताचौतामा सम्पन्न भएको हो। 

क्षेत्रीय कार्यसमितिको कार्यतालिका अनुसार उक्त वैठक आयोजना गरिएको नेपाली कांग्रेस क्षेत्र नम्वर दुईका सचिव वुद्दि सागर विनाडीले जानकारी दिए। 

क्षेत्रीय वैठकमा नेपाली कांग्रेस डोटीका पुर्व सभापति एवम गत निर्वाचनमा त्यस क्षेत्रवाट प्रदेश सभाका उमेदवार योगेन्द्र वहादुर शाही, क्षेत्रीय सभापति एवम शिखर नगरपालिकाका प्रमुख सिताराम जोशी, महासमिति सदस्य भुमिराज वडु, महाधिवेशन प्रतिनिधि एवम नेपाल दलित संघ डोटीका अध्यक्ष लाल बहादुर विक, पार्टी सचिव नारायण जोशी, नेपाल तरुणदल डोटीका अध्यक्ष नारायण वलायर, नेपाली कांग्रेस वोगटान फुड्सिल गाउँपालिकाका सभापति शेर वहादुर वम, नेपाल सांस्कृतिक संघका अध्यक्ष चन्द्रा साउद लागायत जिल्ला कार्यसमिति सदश्य, क्षेत्रीय कार्य समितिका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारि तथा स्थानिय नेताकार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो। 

वैठकमा त्यस क्षेत्रका नागरिकहरुले नेताहरु कार्यकर्तामुखि हनुपर्ने र पार्टीलाई एक ढिक्का बनाएर अगाडि वढ्नु पर्ने सुझाव दिएका थिए। 

छलफलका क्रममा स्थानिय कार्यकर्ताले निर्वाचनको समयमा जनताको घरदैलोमा पुगे जसरी नेताहरुलाई अन्य समयमा पनि पुग्न सचेत गराएका थिए। 

कार्यक्रममा सहभागीहरुको सुझाव तथा जिज्ञासाको जवाफ दिदै नेता शाहीले आफु विगतमा दुई पटक निर्वाचन लडिसकेको र आगमी निर्वाचनमा आफ्नो दावि नरहने र अरुलाइ सघाउने वताए । साथै उनले आफ्नो सवै जीवन राजनितीमा वितेको र आगामी जीवन पनि राजनितिमा विताउने बताए। 

क्षेत्रीय सभापति जोशीले आफु पार्टी र संगठनका लागि सदैव लागि रहने फेरि पनि विभिन्न कार्यक्रमका साथ जनताको घरदैलोमा जाने प्रतिवद्दता जनाए। 

कार्यक्रममा आफ्नो भनाइ राख्दै महासमिति सदश्य भुमिराज वडुले कांग्रेसको विकल्प नेपालमा नभएको वताए। त्यसैगरि कांग्रेसको कार्यकर्ता भेटघाट केआइसिह गाउँपालिकाको वायलमा पनि सम्पन्न भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ