arrow

वैज्ञानिक वन व्यवस्थापनमा असहमति राखेका उपभोक्तामाथि निर्घात कुटपिट 

logo
गोविन्द बीसी, 
प्रकाशित २०७६ फागुन २५ आइतबार
Capture2.JPG

बौनिया । वैज्ञानिक वन व्यवस्थापनको विषयमा असहमति राखेको भन्दै कैलालीको लम्कीचुहामा दुईजना माथि निर्घात कुटपिट गरिएको छ ।

सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापन गर्ने विषयमा असहमति जनाउँदा उनीहरूमाथि सांघातिक हमला गरिएको हो ।

शनिबार दिउँसो कार्यक्रमस्थलमै उपभोक्ता इन्द्रबहादुर कुँवर र हरि चौधरीमाथि सांघातिक आक्रमण गरी निर्घात कुटपिट गरिएको स्थानीय रमेश विष्टले जानकारी दिए ।

लम्कीचुहा नगरपालिका वडा नम्बर ८ स्थित पथरैया सामुदायिक बनलाई वैज्ञानिक वन व्यवस्थापन गर्ने विषयमा भएको आम उपभोक्ताको भेलामा सबै उपभोक्ताको राय बुझ्नुपर्ने, सीमित व्यक्तिको लाभका लागि वैज्ञानिक बन बनाउन उपयुक्त नहुने धारणा राखिरहेका बेला उनीहरूमाथि कुटपिट गरिएको हो ।

सामुदायिक बनका अध्यक्ष भद्रबहादुर विष्टका भजिता नाता पर्ने पुष्प विष्ट र सुरेश विष्ट लगायतका व्यक्तिले कुवँर र चौधरीमाथि अभद्र व्यवहार देखाउँदै दादागिरी शैलीमा कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाईते भएका कुँवरको नाकको डाँडी नै भाँचिएको छ भने चौधरीको टाउँको र ढाडमा गम्भीर चोट लागेको जनाइएको छ । 

सार्वजनिक कार्यक्रममा सार्वजनिक सरोकारका विषयमा ब्यापक छलफल नगरी सामुदायिक बनलाई सीमित उपभोक्ताहरुको मात्र उपस्थिति भएको कार्यक्रमबाट वैज्ञानिक बन व्यवस्थापनका लागि निर्णय गर्न उचित नहुने उपभोक्ता इन्द्रबहादुर कुँवरले आफ्नो धारणा राखिरहेको अवस्थामा कुँवरमाथि हातपात र कुटपिट भएपनि कार्यक्रममा सहभागि वडा अध्यक्षदेखि सुरक्षाकर्मी सम्म मुकदर्शक भएका सहभागि उपभोक्ताको गुनासो छ । 

सामुदायिक बनका अध्यक्ष भद्रबहादुर विष्टका आफन्त नातापर्ने पुष्प र सुरेश लगायतको समूहले वैज्ञानिक बन व्यवस्थापन सम्बन्धी बिरोध गर्न नपाईने, आफूहरुले जसरी पनि बनलाई वैज्ञानिक बन व्यवस्थापन बनाएरै छोड्ने बताउँदै सो प्रस्तावको विरोध गर्ने कसैलाई नछोड्ने आक्रमणकारीले धम्की समेत दिएका उपभोक्ताले जनाएका छन् । 

सोही विषयलाई लिएर सामुदायिक बनका अध्यक्ष भद्रबहादुर बिष्टले उपभोक्ताहरुको हित विपरीत जबर्जस्ती गरी सामुदायिक बनलाई विनासको बाटो लैजान खोजेको आरोप लगाउँदै बनलाई वैज्ञानिक बन व्यवस्थापन गर्ने कार्यमा असहमति जनाउँदै सोही साधारण सभामा अध्यक्ष समक्ष सामुदायिक बनका उपाध्यक्ष रविन्द्र खड्का, कोषाध्यक्ष शान्ति बिष्ट र सह सचिव राजु चौधरीले राजीनामा समेत दिइसकेका छन् । 

सार्वजनिक कार्यक्रममा सहभागि माथि सार्वजनिक स्थलमै सांघातिक शैलीमा कुटपिट गरी ज्यानमार्ने उद्देश्यले आक्रमण गरेको आरोप लगाउँदै घाईते कुवँर र चौधरीका आफन्तले दोषिमाथि कडा कार्वाहीको माग गरेका छन् ।

सो घटना भइरहँदा शान्ति सुरक्षाको जिम्मेवारीमा रहेको नेपाल प्रहरीका जवान र जनप्रतिनिधि मुकदर्शक बन्नु लज्जासपद रहेको भन्दै यस्ता आपराधिक घटनालाई संरक्षण गर्न सहयोग गर्ने सरोकारवालालाई समेत कार्वाही गर्नुपर्ने पीडित पक्षले आवाज उठाएका छन् ।

घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय लम्कीमा उजुरी दर्ता गरिएको भएपनि प्रहरी कुनै सक्रियता नदेखाएको भन्दै दुस्ख समेत व्यक्त गरेका छन् । आक्रोशित उपभोक्ताहरुले सामुदायिक बनको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका छ्न् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ