arrow

महिलालाई अचार बनाउने तालिम

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ फागुन २५ आइतबार
achar_mahila_photo.jpg

बझाङ ।  ग्रामिण महिलालाई उद्यमशिल बनाई स्थानीय स्तरमा स्वोजगार बनाउन सिपमुलक तालिम दिएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिकाका ग्रामिण महिलालाई स्थानीय स्रोत साधनको प्रयोग हुने कच्चा पदार्थमा अधारित उद्योग स्थापना गर्न सिपमुलक तालिम दिएको हो ।

यहाँका महिलाहरुलाई लक्षित गरि ग्रामिण भेगमा स्वारोजगार स्थापना गरि उनिहरुको जिविकोपार्जनमा सहज बनाउन सात दिनको अचार बनाउने तालिम दिएको छ । जिल्ला घरेलु तथा साना उद्योग ब्यबसायी समितीको खप्तड छान्ना गाउँपालिकाको सहयोगमा श्रृजशिल युवा समाजले जिल्लाको खप्तड छान्ना गाउँपालिकामा सात दिने अचार बनाउने तालिम दिएको छ ।

गाउँका अधिकाशं युवाहरु रोजगारीका लागी बिदेश पलायन भई रहेका बेला ग्रामिण महिलाहरुलाई स्थानीय स्तरमा पाईने कच्चामा आधारित सिप ज्ञान दिई स्थानीय स्तरमा साना उद्योग संञ्चालन गर्न महिलाहरुलाई सिपमुलक तालिम दिएको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले बताए ।

उनले भने युवा जती प्रायभ भारत तथा तेस्रो मुलुक तिर छन् गाउँमा प्राय बालबालिका तथा बृद्धहरु र महिला मात्र भएकाले ग्रामिण भेगका महिलालाई सिपमुलक तालिम दिएर साना उद्योगलाई प्रर्वधन गर्न आबस्यक रहेको छ । सिपमुलक तालिम पछि उद्योग गर्ने महिलाहरुलाई प्रबिधीमा समेत सहयोग गर्ने अध्यक्ष रोकायाले बताए । तालिममा १६ देखि ४० बर्ष उमेर समुहका ग्रामिण महिलाहरुको सहभागिता रहेको थियो ।

गाउँमा रहेका कृषीमा आधारित कच्चा पदार्थहरु खेर गई रहेका बेला स्थानीय उत्पादनमा आधारित अचार बनाउने तालिम दिएर अचार उद्योगका स्थापना गरिने भएको छ । गाउँपालिकाका प्रत्येक वडाबाट तालिम लिन ईच्छुक ५-५ जनाका दरले ३५ जना ग्रामिण महिलाहरुलाई तालिम दिएको हो । तालिममा अमला , आँप, मुला, चोतो , कागती , अमिलो , अदुवा, खुर्सानी लगायतका सामाग्रीहरुको अचार बनाउने अभ्यास गराउनका साथै साना उद्योग स्थापना गर्न ब्यापार योजना समेत बनाउन सिकाएको छ । महिलाहरुलाई सिपमुलक तालिमका साथै उद्योग गर्न चाहने महिलाहरुलाई स्थानीय सरकारले अनुदान दिने समेत जनाएको छ ।

महिलाहरुलाई लक्षित गरि गत बर्ष सिलाई कटाई तालिम , सिस्नो पाउँडर बनाउने तालिम , होजियारी तालिम समेत दिईएको थियो । जिल्लाका अधिकाशं पालिकाहरुले महिलाहरुलाई बिभिन्न किसमका तालिमहरुको आयोजना समेत गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ