arrow

पेरिस जलवायु सम्झौतालाई सन् २०१६ भित्रै कार्यान्वयनमा ल्याउन आग्रह

logo
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
francepresident.jpg.jpeg
युनाइटेड नेसन्स(अमेरिका) । फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले युरोपियन युनियनका सदस्य २८ राष्ट्रमा पेरिस जलवायु सम्झौतालाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । पछिल्ला दशकमा विश्वको तापमानमा व्यापक बृद्धि हुनथालेपछि पेरिसमा हालै सम्पन्न जलवायु सम्मेलनले तापमानलाई बृद्धि गर्ने स्रोतलाई नियन्त्रण गरी थप स्थितिलाई थप भयावह हुन नदिन पेरिस जलवायु सम्झौता गरिएको हो । 
 
 
सहमतिलाई फ्रान्सले सन् २०१६ भित्रै प्रयोगमा ल्याउने बताउँदै युरोपेली युनियनमा संलग्न राष्ट्रहरुले पनि यसलाई विशेष महत्वका साथ लिन आग्रह गरेको  हो । 
 
राष्ट्रपति ले युरोप जलवायु समस्या नियन्त्रण प्रयास स्वरुप गरिएको सहमतिलाई फ्रान्सेली संसदले यही ग्रिष्म ऋतुपूर्व नै स्वीकृत गर्ने बताउँदै ईयूलाई पनि सोहीअनुसार अगाडि बढ्न अनुरोध गरे । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ