arrow

अस्ठगन्धा चन्दन र केसरीमा रंगियो गौरादह

logo
युबराज रेग्मी, 
प्रकाशित २०७६ फागुन २७ मंगलबार
Untitled-19.jpg

झापा । झापा जिल्लाको ग्रामिण नगर गौरादहमा होली पर्वलाई यस वर्ष सांकेतिक रुपमा मनाइएको छ ।

यहाँस्थित राधाकृष्ण एवं जानकेश्वोर शिवालय मन्दिर कार्यसमितिको संयुक्त आयोजनामा जानकेश्वोर शिवालय मन्दिर परिसरमा सोमबार सन्ध्याकालिन समयमा एक विशेष कार्यक्रम आयोजना गरी होली पर्व मनाइएको हो  ।

पौराणिक धार्मिक विशेषता बोकेको यस सुन्दर गौरादह नगरीमा उल्लेख्य संख्यामा धार्मिक मठमन्दिर तथा देवालयहरु स्थापित छ्न् ।

यस्ता देवालयहरुले भरीभराउ पूण्यभूमिमा विभिन्न अवसर तथा पर्वमा विविध किसिमका धार्मिक एवं सांस्कृतिक कार्यक्रम निरन्तर रुपमा सञ्चालन गरिँदै आएको पाइन्छ ।                                    

यसै सन्दर्भमा हिन्दूहरुको महान् पर्व फागु पुर्णिमाको अवसर पारेर यस वर्ष पनि यहाँ होली पर्व हर्सोल्लासपुर्ण तरिकाले मनाइएको छ ।

बिश्वका १११ मुलुकहरुमा फैलिएको कोरोना भाइरसको प्रकोपको सन्त्रास नेपालमा पनि ब्याप्त रहेकोले साबधानी स्वरुप जनस्वास्थ्यको निर्देशन पालना गर्दै यस वर्ष रङरहित होली पर्व  मनाइएको हो ।

पौराणिक आख्यान अनुरुप  कार्यक्रमको पूर्वाद्र्धमा होलिका दहन कार्य सुसम्पन्न गरिए पश्चात् होली उत्सव सुरुवात गरिएको थियो ।

जनस्वास्थ्यलाई ध्यानमा राखी होली पर्वमा प्रयोग गरिने रङ्गको सट्टा वैदिक कार्यमा प्रयोग गरिने अस्टगन्धा, केसरी र बेसार प्रयोग गरी होली पर्व मनाइएको मन्दिरका एक पंडित पुस्पराज गुरागाईले बताए ।

सामान्य भन्दा फरक किसिमले  मनाइएको होलीमा भक्तजनहरुले होली सम्बन्धी गीत गाउनुका साथै कविता वाचन एवं मनोरन्जनका निमित्त अचम्मको पोको, ज्ञानमन्च प्रस्नोत्तरी एवं कुर्सी दौड प्रतियोगिता समेत आयोजना गरिएको थियो ।  

संस्कृतिको जगेर्ना गर्दै सकारात्मक समाज निर्माण कार्यमा तल्लिन रहने यहाका अधिकांश युवा भक्तजनहरु आफ्ना अग्रज सन्ततिहरुले निरन्तर पालना गर्दै आएको पर्व र सन्दर्भहोली परिस्कृत र परिमार्जित गर्दै सांंस्कृतिक निरन्तरतालाई अघि बढाउन अग्रसर रहेको कार्यक्रम आयोजक सदस्य तथा युवा धार्मिक व्यक्तित्व कोमल ढुंगाना बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ