arrow

डिसहोमबाट विश्व चर्चित कोरियन गीत र सिरिज प्रशारण हुने 

logo
प्रकाशित २०७६ फागुन २९ बिहिबार
rich-man-poster.jpg

काठमाडौं। विश्व भरिमा युवा पुस्ता माझ लोकप्रिय कोरियन गीत तथा सिरिज नेपाली युवा पुस्ताले अव डिशहोमबाट सुन्न सक्ने बताइएको छ। नेपाली युवाहरुको मनोरञ्जन लाई ध्यानमा राखेर डिशहोमले केवल्र्ड च्यानल सुरु गरेको डिशहोमले बताएको छ। 

के-पप, माइ लिटल वेवी, रिचमण्ड, किंङ इन द लभ, मेल्टिङ हर्ट जस्ता चर्चित कोरियन गीत तथा सिरिज डिशहोमको च्यानल नं. ११३ मा प्रशारण हुने बताइएको छ। यो च्यानल प्लस प्याकेज, प्रिमियम एचडी र लाईफ स्टाइल एचडी प्याकेजमा डिशहोमका ग्राहकहरुको लागी उपलव्ध गराईएको जनाइएको छ।

साथै डिसहोमको एपबाट पनि यो च्यानल हेर्न सकिनेछ। नेपाली टेलिभिजनको दर्शक माझ विभिन्न च्यानलहरु संचालन गरिरहेको डिशहोमले संचालन गरेको यो च्यानलले नेपाली दर्शक लाई फरक मनोरञ्जन प्रदान गर्ने विश्वास कम्पनीले लिएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ