arrow

कञ्चनपुरमा फेरि अर्को सडक दुर्घटना, दुईको गयो ज्यान

logo
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
bike-accident.jpg

पुनर्वास। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गएराती भएको मोटरसाइकल दुर्घटनामा परी सोही ठाउँका दिनेश चन्द र सुरज धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्नानन्द भट्टले जानकारी दिएका छन्। उनका अनुसार विवाहमा जन्ती गएका दुवै जनाले फर्किने क्रममा अत्यधिक मात्रामा मदिरा सेवन गरी तीब्र गतिमा मोटरसाइकल चलाएको बुझिएको छ।

महेश सिंहको नाममा रहेको म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै जनालाई प्रहरी टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए। घाइते दुवै जना मध्ये दिनेश चन्दको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने सुरज धामीको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा मृत्यु भएको जनाइएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ