arrow

डोटीमा एक जना मृत फेला

logo
प्रकाश बम,
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
woman-dead-body.jpg

डोटी। डोटीको शिखर नगरपालिकामा एकजना मृत फेला परेका छन्। शिखर नगरपालिका कठालीगाउँका ६७ वर्षीय अनी मल्ल शिखर नगरापलिका १ गेरुपानी नजिक सडक नालीमा बिहीबार दिउँसो १२ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ।

टाउकोमा चोट लागेको अवस्थामा उनको शब फेला परेको प्रहरी निरीक्षक कर्ण बोहरा जानकारी दिए। उनका आफन्तले भने हत्या भएको हुन सक्ने आशंकामा गरेका छन्। मृतक मल्ल बिहान दिपायल जान्छु भन्दै घरबाट हिडेका आफन्तले जनाएका छन्। मृतक मल्लको शब पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखीएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ