arrow

सुनवलबाट पोखरा लागुऔषध ओसारपसार गर्ने पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
lagu-ausad-photo.jpg

स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

बुटवलबाट पोखरा आउदै गरेको ना ४ ख २३२२ नम्वरको बसमा चेकजाँच गर्नेक्रममा पुतलीबजार १ बस्ने १९ बर्षिय सन्देश विकलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

विकको साथबाट फेरागन २० एम्पुल, डाईजेपाम २० एम्पुल र नोर्फिन २० एम्पुल बरामद गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरेले बताए । विकलाई वालिङ ८ सिद्धार्थ राजमार्गबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतीय सिमा क्षेत्र सुनवलबाट पोखराका लागि बढी लागऔषध ओसारपसार हुदै आएको प्रहरीको तथ्याङकले देखाउने गरेको छ ।

प्रहरीले लागुऔषध नियन्त्रण गर्न राजमार्गमा चेकजाँच, गस्ती र सिभिल प्रहरी पनि प्रयोग गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बिमल कडेलले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ