arrow

पत्रकार हत्यामा संलग्न गिरि ११ वर्ष जेल काटेका व्यक्ति

logo
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
prisoner-jail.jpg

वीरगञ्ज । पत्रकार वीरेन्द्र साहको हत्या गरेका कुन्दन भन्ने नरेन्द्र फौजदारलाई बिहिबार जिल्ला अदालत बाराले पुर्पक्षका लागि वीरगञ्ज करागार पठाउने आदेश दिएको छ ।  न्यायाधीश खिलनाथ रेगमीको एकल इजलासले फौजदारलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका प्रवक्ता कौसर ज्ञवालीले जानकारी दिए।

बिहिबार भएको थुनथेक बहसपछि अदालतले कारागार पठाउने आदेश गरेको बताइएको छ ।

 लागुऔषध मुद्दासमेत संलग्न रहेको आरोपमा उनलाई बयानका लागि कारागारबाट आदलतमा झिकाउने प्रवक्ता ज्ञवालीले भने । यो भन्दा अगाडि स्व पत्रकार साहको हत्यामा संलग्न रहेका मैनेजर गिरी ११ वर्ष जेल सजाय काटी जेलमुक्त भइसकेका छन् भने रामएकवाल सहनी वीरगञ्ज करागारमा जेल जीवन बिताइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ