arrow

कोरोना भाईरस प्रभाव: आईपीएल सर्‍यो

logo
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
ipl-cricket.jpg

काठमाडौं। भारतीय क्रिकेट लिग (आईपीएल) दुई साताका लागि सार्ने निर्णय गरिएको छ। विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रभाव आईपीएलमा पनि परेको छ। भारतीय क्रिकेट बोर्डले फ्रान्चाईज टिमका पदाधिकारीहरुसँगको छलफल पछि उक्त निर्णय लिईएको हो।

भारतले विदेशीबाट आउने सबै भिषा रद्द गरेको घोषणासँगै आईपीएल टोलीका बिदेशी खेलाडी भारत प्रवेश गर्न नपाउने भएपछि प्रतियोगिताको मिती सारिएको छ। दिल्ली सरकारले अप्रिल १५सम्म दिल्लीमा कुनै पनि ठुला जमघट हुन नदिने निर्णय गरिसकेको छ ।

दिल्ली पछि मुम्बईमा पनि मुम्बई इन्डियन्सको घरेलु मैदानको टिकट नबेच्ने निर्णय गरेको थियो। भारतीय क्रिकेट बोर्ड भने बिदेशी खेलाडी बिना र दर्शक बिना प्रतियोगिता गराउने मनसायमा रहेको थियो। फ्रान्चाईज टोलीहरुले बिदेशी खेलाडी बिना खेल्न नसक्ने बताइरहेका थिए। यस्तो दवाब पछि भारतिय क्रिकेट बोर्डले प्रतियोगिता १५ दिन सार्ने निर्णय गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ