arrow

प्रकृया छल्दै छनौट गर्दै

logo
प्रकाशित २०७६ चैत १ शनिबार
School-students.jpg.jpeg

प्यूठान। जिल्लाको उत्तरी गाउँपालिका गौमुखी गाउँपालिकाको कहलिएको बिद्यालय हो गौमुखी मावी। यो बिद्यालयमा जुन बेला शिक्षक छनौटको प्रक्रिया चल्छ, हरेक पटक नै बिबाद हुन्छ। कारण हो, आफ्नो विचारकै र आफ्नै परिवारको सदस्य हुनुपर्छ भन्ने मनसायले गरिने अनियमिता। विद्यालय प्रशासनको कमजोरी र प्रशासकको राजनीतिक खेलको अखडा बन्दै छ अहिले पालिकाकै केन्द्रीय भागमा रहेको गौमुखी माबि।

पछिल्लो समय गत फाल्गुन २० गते कार्यालय सहायक छनौट प्रकृयामा पनि परिक्षार्थीले छनौट प्रकृया पारदर्शी नभएको भन्दै एक चरणको परीक्षा दिएर अन्य परिक्षा नदिई परिक्षाको पारदर्शीता र निस्पक्षतामा प्रश्न उठाउँदै बिद्यालय प्रशासन, गाउँपालिका र शिक्षा विकास तथा समन्वय ईकाई खलंगामा उजुर गरे। तर उनको सुनुवाई नगरी परिक्षामा भाग लिनुस भन्दै बेलुका परिक्षा गराई उहि बिद्यालयमा कार्यरत एक शिक्षककी श्रीमतीको नाम निकालियो। तर त्यो परिक्षा पनि कार्यविधि बिनानै सञ्चालन गरिएको आरोप छ।

शिक्षा नियमावलीले पनि प्रष्टसँग कार्यविधि निर्माण गरी बिशेषज्ञ छनौटका आधारहरु र सञ्चालन प्रक्रिया अपनाउनु पर्ने उल्लेख गरेको छ। तर त्यसको बिपरित बिद्यालयले काम गरेको छ । यो प्रक्रिया गलत भएकोले सुधार गरेपछि मात्र परिक्षा गराउन र पारदर्शीताको  बिश्वशनियता भए परिक्षा गराउन भन्दै परिक्षार्थी प्रदिप भण्डारीले उजुरी गरे पनि बिद्यालय प्रशासनले नटेरेको उनको भनाई छ।

छनौट प्रकृयामा बिबाद आएपछि शिक्षकहरुका पेशागत संगठनहरु नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन लगाएतका संगठनहरुले प्रकृया गलत भएको भन्दै परिक्षा रद्द गरि प्रकृया अनुसार अघि बढ्न भनिएको नेपाल शिक्षक संघ गौमुखी गाउँपालिका अध्यक्ष बरु थापाले बताए। 

गौमुखी माबिका प्रधानाध्यापक अर्जुन के सीले पनि कार्यविधि तयार नभएको स्वीकार गरे। उनले बिशेषज्ञ छनौट आधार के के छन् ? भन्ने प्रश्नमा आधार खुलाउन सकेनन्। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिब पन्थीले पनि बिशेषज्ञ छनौटको आधार व्यवस्थापन समितिले निर्णयमा उल्लेख नगरेकोले प्रकृया सुधार गर्न निर्देशन दिएको जानकारी गराए। 

परिक्षा संचालनका लागि आवश्यक प्रश्नहरु समेत पाठ्यक्रम बिपरित भएको परिक्षार्थीको भनाई छ। आफ्नो मान्छे सेट गर्न परिक्षा  अगावै प्रश्नहरु आफनोलाई दिएर परिक्षा गराईएको पनि परिक्षार्थी भण्डारीको भनाई छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् गौमुखी गापा ४ का वडा अध्यक्ष टुक बहादुर केसीलाई समेत नियमावली अनुसार हस्तक्षेप गरिएको पाईएको छ। अध्यक्ष के सीले प्रशासनबाट कम्जोरी भएकाले अव गाउँपालिकाको सल्लाह बमोजिम नीतिको पालना गरि प्रकृया अगाडि बढाउने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ