arrow

सरकारको निर्देशन नेकपा नवलपुरले गर्‍यो अटेर, कोरोनाको त्रासबीच ३ महिने अभियान

logo
प्रकाशित २०७६ चैत २ आइतबार
nawalpur-ncp.jpg

नवलपुर। कोरोना भाईरस (कोभिड १९)को त्रासका बिच नेपाल कम्युनिस्ट पार्टी नवलपुरले पार्टी एकता सुदृढीकरण तथा जन सम्बन्ध बिस्तार अभियान शनिबारबाट सुरु गरेको छ। विश्वब्यापी बनेको कोरोना भाइरसको प्रकोपका कारण भेला सम्मेलनहरु तथा जमघट हुने कार्यक्रमहरु नगर्न सरकारले आग्रह गरिरहँदा त्यसलाई अटेर गर्दै नेकपा नवलपुरले भने सदरमुकाम कावासोतिमा एक औपचारिक कार्यक्रम गरि तीन महिने अभियानको सुरु गरेको हो। 

जिल्लाका अन्य राजनैतिक दलले आफ्ना सम्पुर्ण कार्यक्रम स्थगित गरिरहदाँ नेकपाले भने कोरोना भाईरस (कोभिड १९) बाट बच्ने सामाग्री सहित जनता घरदैलो अभियानमा जाने कार्यक्रम थपेर अभियानको घोषणा गरेको हो। अभियानमा चैत्र महिना भित्र पार्टी सदस्यता नविकरण, आगामी बजेट अगाडी स्थानीय तह र जिल्लास्तरका योजनाको छनौटका लागि सबै तहका जनप्रतिनिधि सँग अन्तरक्रिया गर्ने, सरकारले गरेका राम्रा कामको प्रचार प्रसार गर्ने, शहिद बेपत्ता परिवार तथा घाइते अपांगहरुको अभिलेख तयार पार्ने तथा सरसफाइ लगाएतका कार्यक्रमहरु राखिएको छ। अभियानको उद्घाटनको अवसरमा जनश्रम गरेर सदरमुकाम सरसफाई गर्ने पूर्वघोषित कार्यक्रम भने स्थगित गरिएको थियो। 

नेकपा नवलपुरका अध्यक्ष रोसनबहादुर गाहा मगरको अध्यक्षता एवं नेकपा गण्डकी प्रदेशका सचिव गोविन्दबहादुर नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न अभियान शुभारम्भ कार्यक्रममा प्रतिनिधि सभा सदस्य एवं नेकपा केन्द्रिय सदस्य तथा नवलपुर ईन्चार्ज तिलक महत, केन्द्रिय सदस्यहरु किसन शर्मा गैरे , रविन्द्र अधिकारी एवं जिल्ला स्तरका नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ