arrow

सुरक्षित मातृत्वका लागी उपमेयरको कोसेली

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ चैत ३ सोमबार
koseli-bitaran.jpg

गोकुलेश्वर, दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिकाले चालु आर्थिक वर्षमा सुरक्षित मातृत्व तथा सुत्केरी महिलाहरुको पोषण सुधारका लागी मातृ शिशु उपमेयर कोसेली कार्यक्रम संचालन गरेको छ। सुत्केरी आमाहरुमा पोषणको उपलब्धता तथा मातृशिशु मृत्यदर कम गर्नका साथै सुरक्षित मातृत्वका लागी पोषण र सरसफाई सचेतना अभिवृद्धिका लागि शैल्यशिखर नगरपालिकाले महिला लक्षित  कार्यक्रम अन्तर्गत ‘उपमेयर  कोसेली’ वितरण कार्यक्रम सञ्चालनमा  ल्याएको जनाएको छ।

सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको शैल्यशिखर नगरपालिकाका उप प्रमुख राजमती पालले  बताए। कार्यक्रमअन्तर्गत सुत्केरी भएका महिलाले उपप्रमुखको तर्फबाट पोषण तथा सरसफाइ प्रवद्र्धन किट वितरण गरिएका छन, उप प्रमुख पालले भनिन्, कार्यक्रमअन्तर्गत नगरपालिकाका सुत्केरी महिलालाई आफूले पोषणसँगै सरसफाइ किट वितरण गरिदै आएको छ।

नगरपालिकाको क्षेत्र  भरीका यस आर्थिक वर्षका सम्पुर्ण  सुत्केरी महिला महिलाहरुलाई  मात्रै कोसेली वितरण गरिने र संस्थागत सुत्केरी कायम गर्नमा सहयोग र सुत्केरी पश्चात हुने आमा शिशुको स्वास्थ्यमा समेत कुनै असर नपर्ने लगायतको उपलब्धि हासिल गर्न यस कार्यक्रमले सहयोग पुग्ने उनी बताउँछिन्।

कोसेलीमा पोषण तर्फ  सुत्केरी महिलालाई प्रति व्यक्ति एक क्रेट अण्डा,एक बोतल खानेतेल,एक पाकेट आयोडिन नुन दिइदै आएको  छ भने सरसफाइ किटमा साबुन, तौलिया,बेबी कम्बल र झोला गरी सात प्रकारका सामग्री कोसेलीमा समाबेस गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका हे अ  महेश राज विष्टले बताए । यस कार्यक्रम अन्र्तगत हालसम्म  ५ वटा वडामा गरिएको छ,विष्टले भने, वडा नम्बर २र३ मा ७५ जना,वडा नम्बर ५ र ६ मा ९० जना र वडा नम्बर ९ मा ५८ जना आमाहरुलाई कोसेली वितरण गरिएको छ।

बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत उक्त कार्यक्रम लागू भएको र यस कार्यक्रम संचालनका लागी नगरपालिकाले दश लाख बजेट विनियनेजन गरेको निमित्त प्रमुख  प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्टले बताए। पोषण तथा सरसफाइ सामग्रीसहितको झोला उपप्रमुखको तर्फबाट  सुत्केरी महिलालाई प्रदान गरिदा आमाहरु हर्षित  भएको पाईएको उप प्रमुख पालको भनाई छ।

आफू पनि महिला भएकाले यस अवस्थाका  महिलाका पिडाहरुलाई महसुस गरी नगरपालिको तर्फबाट आमाहरुलाई सानो भएपनि केही गर्नुपर्छ भनेर यो कार्यक्रम संचालन गरिएको हो,उप प्रमुख पालले थपिन,यस वर्ष यो कार्यक्रमको सुरुवात मात्रै भएको कार्यक्रम प्रभावकारी रहेकाले आगामी दिनका अझै थप सामग्री सहित निरन्तरताको माग  महिलाहरुको रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ