arrow

टिपर आतंकले लियो नयाँ मोड, अनिश्चितकालीन कर्फ्यू

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
Panauti_Nagarpalika.png

काठमाडौं । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि काभ्रेको पनौती अस्तव्यस्त बनेको छ । उक्त क्षेत्र आसपासमा मंगलबार बिहान ९ बजेदेखि कर्फ्यू लगाइएको छ ।

सोमबार टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि उक्त क्षेत्रमा तनाव भएको छ । 

सम्भावित घटनालाई ध्यानमा राख्दै कर्फ्यू जारी गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार बा ५ख ५४८० नम्बरको टिपरले २६ वर्षकी जुनीमाया तामाङ र उनकी ३ वर्षीया छोरीलाई ठक्कर दिँदा दुवैको घटनास्थलमा मृत्यु भएको थियो । 

स्थानीय र आफन्तले टिपर चालकलाई कारवाहीको माग गर्दै प्रदर्शन गरेपछि पनौती सोमबार बेलुका पनि तनावग्रस्त बनेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि भन्दै गोली नै चलाएको थियो ।

उक्त झडपमा प्रहरीसहित केही स्थानीय पनि घाइते भएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ