arrow

कोरोना संक्रमण नहोस भन्न शैलेश्वरीमा ‘क्षमा पुजा’

logo
प्रकाश बम ,
प्रकाशित २०७६ चैत ४ मंगलबार
saileshor-temple.jpg

डोटी । यतिबेला नोवेल कोरोना भाईरस(कोभिड–१९)ले विश्व त्रसित छ । पुरै विश्व नै ठप्प रहेको परिवेशमा नेपाली समुदाय यसबाट मुक्त हुन सकेको छैन् ।

 यद्यपी नेपालमा यसको संक्रमण अझै देखिएको छैन् । संक्रमण हुन नदिन उच्च सतर्कता समेत अपनाइएको जनाएको छ। नेपालमा कोरोनाको संक्रमण नफैलियोस भनेर सुदुर पश्चिमको प्रसिद्ध शक्तिपीठ शैलेश्वरीमा भाकल गरिएको हो ।

शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्टले भने,‘अब, माता शैलेश्वरीको कृपादृष्टिले हामी सबै सुरक्षित हुनेछौ ।’ उनले नेपालभरी नै कोरोना नफैलियोस भनेर भाकल गरिएको बताए । ‘डोटीमा अझ बढी सुरक्षाको अनुनय गरेका छौ,’ उनले भने ।

भगवान शिव–पार्वतीले सयर गरेको तथा भगवान रामचन्द्र लगायतका तमाम देवीदेवताले यज्ञ गरेको पवित्र शैलेश्वरी क्षेत्रमा भाकल गर्दा सबै माग पुरा हुने मान्यता छ । ‘यस्तो पवित्र भूमिमा कोरोना फैलनेछैन भन्ने हाम्रो विश्वास छ,’ अध्यक्ष भट्टले भने ।

भाकल अनुसार चैत्र १६ गतेबाट नियमित एक महिना ‘क्षमा पुजा’ गरिने अध्यक्ष भट्टले बताए । उनले भने,‘क्षमा पुजाका लागि स्थानीयबासी र सरकारसंग सहयोगको अपेक्षा छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ