arrow

५ बर्षको छोरो सुम्सुमाउदै भनिन्, 'हजुरलाई जसरी पनि निको बनाउँछौ'

आमाले दिएको मृगौलाले काम गर्न छाडेपछि पुन: प्रत्यारोपणको लागि सहयोगी हातहरुको खोजी

logo
प्रकाशित २०७६ चैत ४ मंगलबार
kidney-patient-ilam.jpg

काठमाडौं। झापाको दमक नगरपालिका-५ का आशिष खनालको उपचारमा सहयोग गरिदन परिवारले आग्रह गरेका छन्। केही बर्ष अघि उनको परिवार इलामको मंगलबारेबाट झापाको दमक झरेका हुन्। सानै उमेरमा आठ बर्ष अघि नै मृगौलामा ठुलो समस्या आएपछि आफ्नै आमाले मृगौला दान गरेर छोरोलाई पुर्नजीवन दिएकी थिइन्। सामान्य परिवारका उनीहरुले भएभरको सम्पति खर्च गरे र आशिषलाई निको बनाए।

निको भएपछि आशिष पनि काममा फर्किए। उनैको भरमा बृद्ध आमा, बुवा, श्रीमति र ५ बर्षको छोरा सहितको परिवार खुसीसाथ जिन्दगी बिताइ रहेका थिए। एक्कासी फेरी आशिषको मृगौलामा ठुलो समस्या देखिएपछि परिवारका सन्नाटा छाएको छ। उपचार खर्च कसरी गर्ने भनेर परिवार अताल्लिएको छ। अव फेरी दोस्रो पटक मृगौला प्रत्यारोपण गर्नुको बिकल्प सकिएको छ।

उनको ५ बर्षको छोरो र बृद्ध आमाबुवा देखेर एक जना आफन्तले मृगौला दिने कुरा गरेका छन्। अहिले प्रत्यारोपणको लागि करिव ३० लाख रुपयाँ आवश्यक पर्ने कुरा डाक्टरहरुले बताइरहेका छन्। दाजुको उपचार सफल बनाउन बिवाह गरेर गइसकेकी बहिनी काठमाडौमा आएर खटिरहेकी छन्। पैसा जुटाँउन कम्मर कसेर सहयोगी हातहरु खोजिरहेकी छिन्।

तर डाइलेसिस गर्न समेत पैसाको अभाव भएको उनकी बहिनी कल्पना खनालले बताइन्। हाल उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौमा डायलसिस गरिदै आएको छ।

केही समय अघि दमकमा समेत उनको उपचारको लागि सहयोगको याचना गर्दै आशिषको परिवार र सयहोगीहरु मिलेर पत्रकार सम्मेलन समेत गरेका थिए। बृद्ध बुवा धर्मानन्द खनालले रकम अभाव भएको तथा हाम्रो लालनपालनमा खटिरहेको छोराको यो अवस्थाबाट निको बनाउन आफन्त तथा सहयोगी मनहरुसग आग्रह गरेका थिए। प्रधानमन्त्री केपी ओलीको पनि नेपालमा नै दोस्रो मृगौला प्रत्यारोपण भएसगै हाम्रो छोराको पनि उपचार हुन्छ भनेर आमाबुवाको अझ आशा पलाएको बताएका छन्।

बिरामी आशिष पनि छिट्टै निको भएर हुर्किदै गरेको ५ बर्षको छोरो, बृद्ध आमा बुवा र श्रीमतिसगै पहिले कै जीवनमा फर्किने अभिलाशा सहित उच्च मनोवलका साथ बसिरहेका छन्। उनकी श्रीमतिले छोरो सुम्सुमाउदै भनिन्, “हजुरलाई जसरी पनि निको बनाउँछौ।“ उनी आशिषलाई आत्माबल दिइरहेकी छिइन्।

आशिषलाई सहयोग गर्न चाहने सहयोगी हातहरुले प्रभु बैक दमक शाखामा रहेको उनका बुवा धर्मानन्द खनालको नाममा रहेको खाता नम्बर ०१४०१०००३६००७७०००००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ। साथै उनकी श्रीमति जोशना खनालको मोवाइल नम्बर ९८४२६३६४२३ र बहिनी कल्पनाको ९८१३७९०६१० मा सिधै सम्पर्क गरेर समेत सहयोग गर्न सकिने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ