arrow

युवाको योगदान, समस्या  र चुनौतिका बिषयमा सिंजामा सम्मेलन

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
singa-yuba.jpg

जुम्ला । नेपाली भाषा संस्कृति र सभ्यताको उद्गम स्थल जुम्लाको सिंजा गाउँपालिकामा यस क्षेत्रका तीन वटा गाउँपालिका हिमा गाउँपालिका ,सिजा गाउँपालिका र कनकासुन्दरि गाउँपालिकाका युवाहरुको सम्मेलन गरिएको छ।  

प्लान ईनटरनेशनल को सहयोग र क्याड जुम्लाको आयोजनामा सिंजा क्षेत्रका युवाहरुको हालको अबस्था र युवाहरुका लागि आगामी दिनमा गर्नुपर्ने योगदान, समस्या  र चुनौतिका बिषयमा सथानिय तहका जनप्रतिनिधिबीच व्यापक छलफल र अन्तरक्रिया गरिएको थियो । 

सिंजा क्षेत्रका करिब सय जना अगुवा युबाहरुको उपस्थितिमा  युबाहरुका लागि गाउँपालिकाहरुले हालसम्म गरेको काम र भबिविश्यमा गाउँपालिकाहरुले युवाहरुको हितमा चाल्नु पर्ने कदमका बिषयमा व्यापक छलफल गरिएको थियो। 

सोही अबसरमा हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोपबहादुर बुढाले आफ्नो गाउँपालिकामा रहेका युवाहरुलाई विभिन्न सिपमुलक तालिम र रोजगारीका अबसर प्रदान गरिरहे पनि त्यति मात्र प्रयाप्त नभएकाले युबाहरुलाई लक्षित गरि कुल बजेटको कम्तिमा पाँच प्रतिशत युवाहरुलाई परिचालित गर्नुपर्ने बताए ।

सिंजाका कयौं युबाहरु रोजगारीका लागि भारतका गल्लिहरुमा जाने समस्या र गाउँपालिकाहरुले युबाहरुलाई उपेक्षित गरिरहेका समस्यालाई सम्बोधन गरि युवाहरुलाई ब्यबसायी आत्मनिर्भर बनाउन सहभागी युबाहरुले सरोकारवालासंग माग गरेका थिए।  

सिंजाका युबाहरुप्रति स्थानिय सरकारको कर्तब्य र जिम्मेवारी बोध गराउन युवा सम्मेलन गरिएको क्याड जुम्लाका सहजकर्ता शेरबहादुर रोकायले बताए । 

मुख्यमन्त्री रोजगार लगायतका रोजगारमुलक कार्यमा युबाहरुलाई परिचालन गरिने तिनै गाउँपालिकाका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । दुई दिनसम्म संचालित कार्यक्रम मंगलबार सकिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ