arrow

बागमतीमा नेकपाका कार्यकर्ताको गुण्डागर्दी बढ्यो, सांसददेखि प्रहरीसम्मको मिलेमतो

logo
प्रकाशित २०७६ चैत ५ बुधबार
crime1.jpg

ललितपुर। ललितपुरको बागमती गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुको गुण्डागर्दी बढेको स्थानियहरुले आरोप लगाएका छन्। 

नेकपाका कार्यकर्ताहरुले ललितपुर बागमती गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष बिष्णु तिमल्सिनाको स्काभेटरको चाबी नै खोसेको छन् । 

ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ११का राम तामाङ, ईश्वरमान तामाङ, नबराज तामाङ, सन्तोष खड्का लगायतले गुण्डागर्दी गरेको वडा अध्यक्ष तिमल्सिनाले बताए। 

प्रतिनिधि सभा सांसद नवराज सिल्वाल र प्रदेश सांसद चेतनाथ संजेलको आड पाएका युवाहरूले घरेलु र बागमती गाउँपालिकामा दर्ता भएको बालुवा खानी बन्द गर्न धम्क्याउदै १० लाख मागेकोमा रकम नपाएपछी स्काईभेटरको चाबी खोसेर बालुवा खानी समेत बन्द गरेको तिमल्सिनाले हाम्राकुरालार्ई बताए। 

सत्तारूढ दलका कार्यकर्ताको ज्यादती बढेपछि स्थानीयबासीले भट्टेडाडामा रहेको चौकी नै घेरेका छन् । 

गुण्डागर्दी बढ्न थालेपछि स्थानीयहरुको व्यापक उपस्थितिमा बाटो बन्द गर्न बाध्य हुने सोही वडाका वडा अध्यक्ष बिष्णु तिमल्सिनाले बताए । 

प्रतिनिधि सभा सांसद सिलवाल र प्रदेश सांसद सन्जेलको आदेशमा ललितपुर क्षेत्र नम्बर १ का ढुंगा खानी, बालुवा खानी र क्रशरहरुमा व्यापक असुली गरिरहेको स्थानीयहरुले बताएका छन्। 

महानगरिय प्रहरी वृत चापागाउँका प्रहरी निरिक्षक राजन लम्साल पनि सत्तारुढ दलको साँठगाँठमा स्थानियहरुलाई राजनीतिक प्रतिशोध साध्न लागेको आरोप छ।

कानुनी दायरामा रही व्यवसाय गर्दा पनि ज्यादती जारी रहे युवाहरूले स्थानीयहरु र उद्योग ब्यबसायीहरुको प्रतिरक्षाको लागि प्रतिकारमा उत्रने बागमती गाउँपालिका तरुण दल अध्यक्ष नबराज खड्काले बताए। 

बागमती गाउँपालिका अध्यक्ष बीरबहादुर लोप्चनले यसरी दर्ता भएर सञ्चालन भएको खानीमा अवरोध गर्न नमिल्ने उल्लेख गर्दै त्यही बालुवा खानीबाट गाउँपालिकाले आन्तरिक आयतर्फ ५ करोड भन्दा बढी आम्दानी गरेको बताए। 

राजनीतिक प्रतिशोधको आधारमा गुण्डाहरु परिचालन गरेर खानी बन्द गर्दा बागमती गाउँपालिकाको विकास निर्माणमा बाधा हुने अध्यक्ष वीरबहादुर लोप्चनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ