arrow

गौरादहमा कोरोना सचेतना हेल्प डेस्क

logo
युबराज रेग्मी, 
प्रकाशित २०७६ चैत ५ बुधबार
corona-check-up1.jpg

गौरादह । झापा जिल्लाको दक्षिणी पालिका गौरादह नगरमा  हाल बिश्वभर फैलिएर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण सम्बन्धी सचेतनाका निमित्त गौरादह नगरपालिका नगर  स्वास्थ्य शाखाको आयोजनामा सचेतना सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । 

विश्वमा फैलिएको कोरोना रोग नियन्त्रण उपचार पद्धति  हाल पुर्णतया विकसित भइ नसकेको अवस्थ्यामा रोग लाग्नबाट बच्न आवस्यक जानकारी उपलब्ध गराउन कार्यक्रम आयोजना गरिएको हो ।  

साथै  नेपालमा यस रोगको संक्रमणका कुनै बिरामी रहेको नपाइए पनि आगामी दिनमा निम्तिन सक्ने जोखिमबाट बच्न गौरादह नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा सहायता कक्ष निर्माण गरिएको गौरादह नगरपालिका वडा न २ का वडा अध्यक्ष तथा गौरादह नगरपालिका विपद  ब्यबस्थापन समितिका संयोजक हेमन्त कार्कीले बताए ।

कार्यक्रममा बोल्दै नगर स्वास्थ्य शाखा संयोजक पर्सुराम भट्टराईले यस संक्रमणबाट जोगिनका निमित्त आवस्यक सहायता सामाग्रीका साथ स्वास्थ्यकर्मीहरु सहायता कक्षमा दैनिक १० बजे देखि ४ बजेसम्म खटिने भएकाले कसैलाई संक्रमणको आशंका लागेमा सहायता कक्षामा आएर स्वास्थ्य परिक्षण गराउन सकिने साथै संक्रमणबाट बच्ने एबम् अपनाउन सकिने  साबधानी बारेमा जानकारी समेत लिन सकिने बताए ।

कार्यक्रममा बोल्दै लायन्स क्लब अफ गौरादहका चार्टर्ड प्रेसिडेन्ट डा।तिलक खनालले रोग लाग्नबाट बच्न रोग प्रतिरोधात्मक छ्यमता बढाउन आवस्यक क्यालोरो युक्त खानेकुरा खाने, सम्भाबित क्षेत्रमा सरसफाइको सचेतना प्रवाह गर्दै दैनिक रुपमा मानिसको जमघट हुने स्थानमा  भरसक नजाने, जादा  साबधानी अपनाउने ,मानिसको जमघट हुने होटेल तथा रेस्टुरामा भरसक नजाने  खाजा खानका लागि जादा आवस्यक साबधानी अपनाउने,  दैनिक सरसफाइमा विशेष ध्यान दिने , साप्ताहिक रुपमा  लाग्दै आएका  हाटबजारलाई केही दिनका लागि बन्द गरेर सम्भाबित संक्रमणबाट बच्न  मानिसको  भिडभाडलाई नियन्त्रण गर्न आवस्यक रहेको बताए ।              

कार्यक्रमा नगर प्रमुख  रोहितकुमार साहले यस महामारीबाट बच्न नगरपालिकाका तर्फ बाट आवस्यक सहायता उपलब्ध गराउनुका साथै संक्रमणबाट जोगिन विभिन्न संचारमाध्यमबाट आवश्यक प्रभावकारी सुचना सम्प्रेषण गर्ने, नगर क्षेत्रमा  रोगको बारेमा सचेतना एबम्  जानकारीमुलक सन्देश प्रवाह गर्न माइकिङ गर्ने साथै आवस्यक परेको खण्डमा संक्रमित र आशंका गरिएका व्यक्तिलाई थप अनुसन्धान र उपचारका निमित्त नगरबाट आवस्यक ब्यबस्था गरिनुका साथै स्वास्थ्यसंग सम्बन्धित स्वास्थ्यकर्मीहरुलाई सक्रिय रुपमा रहिरहने ब्यबस्था मिलाउनुका साथै बिरामीलाई आवस्यक पर्ने सहायता सामाग्री, उपचारका निमित्त एम्बुलेन्सलाई तत्काल सेवामा हाजिर हुने ब्यबस्था मिलाउन सेवाप्रदायक संघ संस्थाहरुसँग समन्वय गर्ने बताए ।          

गौरादहको डिपुचौकमा स्थापना गरिएको  कोरोना संक्रमण सहायता कक्षमा स्वास्थकर्मीहरुले कार्यक्रममा उपस्थित महानुभावलाई स्वास्थ्य परिक्षण गर्नुका साथै हेल्प डेस्क मार्फत सरसफाइ सम्बन्धी आवस्यक जानकारीसमेत गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ