arrow

जिपी फाण्डेसनले मुगुमा बाड्यो माक्स

logo
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७६ चैत ८ शनिबार
gp-foundation-mask.jpg

मुगु। जिपी फाउण्डेसन मुगु शाखाले आज माक्स वितरण गरेको छ। शान्तिका नायक पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोईरालाको १० औं स्मृती दिवसको अवसर पारेर शुक्रबार फाउण्डेसनले माक्स वितरण गरेको हो। फाउण्डेसनका कणाली प्रदेश समितीकका सदस्य गजेन्द्र बहादुर मल्लको अगुवाईमा स्मृती सभाको आयोजना गरि माक्स वितरणा गरिएको थियो।

कार्यक्रममा सहभागी तथा बाटोमा हिडीरहेका ३ सय जनालाई माक्स वितरण गरिएको प्रदेश सदस्य मल्लले बताए। विश्वभरी फैलदै गएको कोरोनाको प्रकोपबाट बचाउन स्मृती दिवशको अवसरमा माक्स वितरण गर्नुका साथै कोरोना भाईरसबाट बच्ने उपाय बारे सचेतना दिईएको थियो।

सरकारले जमघट, भेला, समारोह नगर्ने भनेकाले फाउण्डेसनले सडक छेउ मै व्यानर र स्र्वगिय काईरालाको फोटो राखी बाटोमा हिडडुल गर्ने सर्बसाधारणलाई माक्स वितरण गरेको थियो। सडक मै प्रदेश सदस्य मल्लले काईरालाले नेपालमा शान्ति ल्याउने खेलेको भुमिका, त्थो बेलाको काँगे्रस र अहिलेको काँगे्रस बारे व्याख्या गर्नु गरेका थिए। कार्यक्रममा कांग्रेस मुगुका पदाधीकारी,भातृ तथा शुभेच्छुक सस्थाका प्रतिनिधी,छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाही र सर्व साधारण सहभागी भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ