arrow

ईन्टरनेट र टेलिफोन शुल्क घटाउन नेबिसंघको माग

महामन्त्री तिमल्सिना भन्छन, 'जनता लुटिदा सरकार किन मौन ?'

logo
प्रकाशित २०७६ चैत ८ शनिबार
air-ticket.jpg

काठमाडौं। नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले बसपार्क र टिकट काउन्टरको भीड र कोलाहललाई नियन्त्रण गर्न माग गरेका छ्न्।

महामन्त्री तिमल्सिनाले बिद्यार्थीलाई नि:शुल्क आवतजावतको ब्यबस्था गर्न माग समेत गरे। तिमल्सिनाले विद्यालय तथा कलेज बिदा भएपछि घर फर्कन खोजेका कयौं साथिहरूले फोन गरेर एयरलायन्स र गाडीहरूले मनपरि भाडा लिएको दुखेसो गरेको समेत बताए।

महामन्त्री तिमल्सिनाले सोधे- 'धनी र पैसावालले लुट्न पाउने गरि कालोबजारी गर्न छुट हो कि के हो सरकार ?' १० रुपैयाँको मास्क २० रुपैयामा बेच्दा ५० हजार जरिवाना तिराउने सरकार ५ हजारको हवाई टिकट २२ हजारसम्म बेचिदा के हेरेर बसेको भन्दै तिमल्सिनाले सरकारमाथी प्रश्न उठाएका छन्।

उनले सोधे, 'किन अनुगमन र बढि भाडा लिने एयरलाइन्सलाई कारबाही हुँदैन ? कि सानोतिनो कालोबजारी गर्नेलाई मात्र हो कारबाही र जरिवाना ? कतै सरकारका केही झुन्डहरु नै कालोबजारीमा लागेका त छैनन ?' सुझाव दिदै उनले भने सरकारको ध्यान तत्काल यतातिर पनि जाओस्।

महामन्त्री तिमल्सिनाले धेरे मानिसहरू यतिबेला घरभित्रै रहेकाले उनीहरुको लागि झन धेरै सूचना चाहिने भएकाले सरकारले इन्टरनेट सेवा र टेलिफोन सेवा निशुल्क वा न्यूनतमा शुल्कमा उपलब्ध गराउनुपर्ने माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ