arrow

कोरोनाबाट बच्न धनकुटाको सवै हाटबजार बन्द

logo
प्रकाशित २०७६ चैत ८ शनिबार
dhankuta_view_01.jpg.jpeg

धनकुटा। धनकुटामा नोवेल कोरोना भाईरसबाट बच्नका लागी धनकुटाका सम्पूर्ण हाटबजार बन्द गर्ने र धनकुटाको मुख्य नाका भेडेटारमा पहिलो चरणमा स्वास्थ्य परिक्षण डेस्स (हेल्प डेक्स) स्थापना गरिने भएको छ। धनकुटामा भएको सर्वपक्षिय भेलाले सो निर्णय गरेको हो।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग, छथरजोरपार्टी गाउँपालिकाका अध्यक्ष शेर वहादुर लिम्बु, शहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राई लगायत विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरुले सवै स्थानीय तहहरुमा नोवेल कोरोना भाईरसको संक्रमणबाट बच्न व्यापक जनचेतना अभिवृद्धी गर्दै जनसमुदायनै अभियानमा जुट्नु आवश्यक रहेको वताएका थिए। 

धनकुटाका प्रमुख जिल्ला अधिकारी  केशव प्रसाद बिमलीको अध्यक्षतमा भएको बैठकमा स्वास्थ्य कार्यालय धनकुटका प्रमुख तुलसी प्रसाद गुरागाई र धनकुटा अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले धनकुटामा नोवेल कोरोना भाईरसबाट बच्न अपनाइरहको अवस्थाको वारेमा प्रकाश पारेका थिए।

सो अवसरमा धनकुटा वहुमुखी क्याम्पसका प्रमुख होम वहादुर वस्नेत, बरखगण सल्लेरी व्यारेक धनकुटाका गणपती कर्णेल भगवान थापा मगर, जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सुर्दशन प्रसाद कोईराला, सशस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्म धनकुटाका गुल्मपती डि एस पी सचिन कर्माचार्य, जिल्ला समन्य अधिकारी राम नारायण श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत राम वहादुर थापा, शिक्षा समन्वय ईकाइका प्रमुख महोन कुमारी राई, महालक्ष्मी नगरपालिकामा अधिकृत खगेन्द्र नेपाल, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष बिप्लव श्रेष्ठ, आधिकारीक टेड युनियन धनकुटाका अध्यक्ष गोविन्द्र खत्री, सिधुवा बजार व्यवस्थापन समितिका अध्यक्ष शिव श्रेष्ठ लगायत विभिन्न संघ संस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले नोवेल कोरोना भाईरसबाट बच्न सवैको प्रयास र सहभागीताबाट मात्र सफल हुनु भएकोले सवैले आ आफ्नो क्षेत्रबाट सक्रिय सहभागीता हुनु पर्नेमा जोड दिए।

पहिलो चरणमा धनकुटाको प्रमुख नाका भेडेटारमा हेल्प डेक्स स्थापना गर्ने र सातैवटा तहका नाकाहरुमा क्रमस हेल्प डेक्स स्थापना गर्दै जाने र धनकुटाको औद्योगिक ग्राममा तत्काल क्वारेनटाईन स्थापना गरी आईसोलेसन वार्ड राख्ने र धनकुटा जिल्ला भरी लाग्ने साप्ताहिक हटियाहरु बन्द गर्ने,भेला, सम्मेलन, बैठक लगायतका जमघटहरु बन्द गर्ने र सवै सरकारी कार्यालयहरुमा अनिवार्य हात धुने व्यवस्था गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकृत जयराम श्रेष्ठले वताए।

सवै सरकारी तथा सामाजिक संघ संस्थाहरुको समन्वयमा व्यापक प्रचार प्रसार गरी नोवेल कोरोना भाईरसबाट बच्ने उपायहरुको सचेतना जगाउने र बजारमा दैनिक उपभोग्य सामाग्रीहरु लगायत औषधीको अभाव हुन नदिन कडाईका साथ अनुगमन गर्ने धनकुटा उद्योग बााणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ