arrow

कोरोनामा विश्वप्रकाशको गीत ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई'

logo
प्रकाशित २०७६ चैत ९ आइतबार
Bishwa_Prakash_Sharma_Pramod_Kharel_Shital_Motkan_(7).JPG

काठमाडौं । वैश्विक महामारी कोरोनाको संक्रमणविरुद्ध एकजुट हुन अपील गर्दै  नेपाली कांग्रेसका प्रवक्ता  विश्वप्रकाश शर्माको शब्द–संगीतमा गीत तयार पारिएको छ। प्रवक्ता शर्माको शब्द र संगीतमा अहिलेको कोरोना सन्त्रासको सन्दर्भमा ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीत  गीत तयार पारिएको हो। 

‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई, प्रकृतिलाई, संसारलाई माया गरौँ’ बोलको गीतमा गायक प्रमोद खरेल र गायिका शितल मोक्तानको स्वर रहेको छ। 

बुधबार शब्द र संगीत तयार गरिएको गीतको रेकर्डिङ बिहीबार गरिएको हो। शुक्रबार भिडियो छायाङ्कन गरिएको गीत आइतबार सार्वजनिक गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ